११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली प्रचण्डसँगको छलफल लगत्तै बालकोट पुगे



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निजी निवास बालकोट गएका छन् । बिहान बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकेर ओली बालकोटस्थित निजी निवास पुगेका हुन् । 

ओली किन निजी निवास गएका हुन् भन्नेबारे केही खुलेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रम आफ्नो घर नगएको धेरै समय भएकाले आज गएको बताए । 

‘उहाँ आफ्नो घर नगएको धेरै समय भएको थियो त्यही भएर जानुभएको हो’, थापाले भने, ‘आफ्नो घरमा जान पनि कारण चाहिन्छ र ?’