११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला अस्पतालमा युवकको मृत्यु, कोरोना परीक्षण हुँदै…



symbolic picture
अ+ अ-

कैलाली । जिल्ला अस्पताल दार्चुलामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । दार्चुलाको व्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको सोमबार बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

श्वास फेर्न गाह्रो भएको र ज्वरो आएपछि उनी आइतबार अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा उनको सोमबार बिहान मृत्यु भएको हो ।

कोरोनासँग लक्षण मिल्दोजुल्दो भएका कारण स्वाब संकलन गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । ‘स्वाब संकलन गरेर डडेल्धुरा प्रयोगशालामा पठाइएको छ’ उने भने‘ रिपोर्ट आएपछि मात्रै शवको व्यवस्थापन गर्छौै ।’