५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव छः मन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताउनुभएको छ ।

नेपालमा आगलागी जोखिम न्युनिकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नविनतम प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आईतवारदेखि काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले वन डढेलो नियन्त्रणका लागि सकारसँग दमकल बाहेक अन्य कुनै विकल्प नरहेको बताउनु भयो ।

उहाँले सरकारले वन डढेलोलाई गम्भिरता साथ लिएर विभिन्न विकल्पहरुबारे सोचिरहेको पनि बताउनु भयो । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरु परिचालन उहाँको भनाइ छ । उहाँले जटिल भूबनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले वन डढेलोलाई गम्भिरता साथ लिएको छ । र यसको न्युनिकरणका लागि नेपाल सरकारले गरेर मात्र सम्भव हुन्न । वन डढेलो नियन्त्रणको लागि वन डढेलो नियन्त्रणका लागि सबैको प्रयास आवश्यक छ । सम्पुर्ण सरोकारवाला निकायहरु, नागरिक समाज, स्थानीय समुदाय, युवाहरुको भुमिका पनि महत्वपूर्ण छ ।

यसलाई नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले एउटा महत्वपूर्ण विपद्को रुपमा लिएर कार्यहरु गर्दै आएको छ । डढेलो व्यवस्थापनमा राज्यका सम्पुर्ण संयन्त्रहरु लागिरहेका छन् । केही हदसम्म वन डढेलोको न्युनिकरण भएको छ । वन डढेलो नियन्त्रणका लागि नेपाल सरकारसँग दमकलबाहेक अरु विकल्पहरु छैनन् । हामीले विभिन्न विकल्पहरु खोजि गरिरहेका छौं ।’

उपकरण र दक्ष जनशक्तिको अभावका कारण नेपालमा वन डढेलोले ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै उहाँले यससम्बन्ध सबै सचेत हुन जरुरी रहेको बताउनु भयो । सोमवारसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न १४ राष्ट्रका विज्ञहरुले आआफ्नो कार्यपत्र प्रश्तुत गर्नेछन् ।