२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्तिका कार्यक्रमसहित भूमि सुधार गर्नुपर्ने बताउनुभएको छ ।

काँडाघरीस्थित किन्डल किड्स एकेडेमीको अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकलाई आत्मनिर्भर बनाउने गरी भूमि सुधार गर्न कृषि क्षेत्रमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री खनालले स्थानीयदेखि अन्तरराष्ट्रिय बजारबीच समन्वय गर्ने काम पनि राज्यले नै गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा संविधान जारी भएपछि वामपन्थी शक्तिलाई सामाजिक तथा आर्थिक विकासको जनआकांक्षालाई पूरा गर्ने जिम्मेवारी र अवसर प्राप्त भए पनि त्यो पूरा गर्न नसकिएको धारणा राख्नुभयो ।

विगतदेखि नै सरकार यथास्थितिवादको बाटोमा हिडिरहेकाले पुनरुत्थानवादी जुर्मुराएको जिकिर गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टीले मुलुकमा राष्ट्रिय औद्योगिकरणका लागि आवाज उठाए पनि सरकारले त्यसतर्फ केही नगरेको आरोप लगाउनुभयो । रासस