२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन आह्वान



सञ्चारमन्त्री गुरुङ–मन्तव्य काठमाडौँ, १७ चैतः सञ्चार मन्त्रालयले आइतबार काठमाडौँमा आयोजना गरेको विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठक (सङ्घ प्रदेश र स्थानीय तह) समन्वय तथा अन्तरसम्बन्ध (ऐन, २०७७ को दफा २२ बमोजिम) मा मन्तव्य राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः मधु शाही÷रासस
अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दृढतापूर्वक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गर्नुभएको छ ।

बाह्रखरी मिडिया प्रालिले काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फको आठौँ संस्करण’ उद्घाटन गर्दै उहाँले निरंकुशताको विपक्षमा उभिन सबैलाई आग्रह गर्नुभयो । उहाँले खेलकुदलगायतका गतिविधि लोकतन्त्रमा मात्रै सम्भव भएको धारणा राख्नुभयो ।

गल्फ प्रतियोगितामा आज ९६ कर्पोरेट खेलाडीहरूले प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगिता उपाधि दोर्जे होजाङस्टाङले जित्नुभएको छ । कर्पोरेट गल्फको पहिलो संस्करणमा क्याप्टेन नोर्बु शेर्पा विजेता हुनुभएको थियो । त्यसैगरी महिलातर्फ रेखा घिमिरे विजेता बन्नुभएको छ । रासस