७ भाद्र २०८३, आईतवार
,
Latest
देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि मतदात सम्पन्न



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले आज बिहान ८ बजेदेखि सुरु भएर अपराह्न ४ बजेतिर मतदान सम्पन्न भएको जानकारी दिनुभयो ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।

महासचिवमा वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र वरिष्ठ अविधक्ता श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी रहेको छ ।

प्रमुख निर्वाचन अधिकृत निरालाका अनुसार नयाँ कार्यसमिति छनोटका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन् । निर्वाचनमा २५ जनाका लागि ५७ को उम्मेदवारी परेको छ । मतदानका लागि काठमाडौँ र बाहिर गरी ३६ वटा केन्द्र रहेका छन् । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ । यस केन्द्रमा करिब छ हजार मतदाता रहेका छन् ।