९ बैशाख २०८२, मंगलवार
,
Latest
भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ मा हुँदै नेपाल उसु महासंघको जज र डिप्लोमा कोर्षको मन्त्री चौधरीद्वारा उद्घाटन अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ‘सूचना प्राविधि पूर्वाधारको पहिलो सर्त’ राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री ओली शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले चितवनबाट शुभारम्भ गर्‍यो ‘जनयात्रा’



अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने जनयात्रा गर्ने निर्णय गरेको थियो । सो अवसरमा रास्वपा उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरे ।

उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका हुन् । आजको यो कार्यक्रममा सभापति रवि लामिछानेले सम्बोधन गर्ने तय भएको थियो ।

तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उनी अहिले प्रहरीको हिरासतमा छन् ।

लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गरेका थिए ।