२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वास्थ्य बिमा बन्द होइन, थप प्रभावकारी बनाउँदैछौँ’



अ+ अ-

पाल्पा। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रम थप प्रभावकारी बनाउँदै लगिएको बताउनु भएको छ ।

आजदेखि तानसेनको  टुँडिखेलमा सञ्चालन भएको दोस्रो तानसेन महोत्सवलाई उद्घाटन गर्दै उहाँले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी व्यवस्थित र प्रभावकारी बनाउने कार्यमा सरकार लागेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “केही व्यक्तिहरूले मलाई भन्ने गर्नुभएको छ, तपाईँले त बिमा बन्द गर्न लाग्नुभयो रे, यो बिमा चल्दैन भन्नुभयो रे, मैले भनेको यसरी चल्दैन, मैले डुब्न लागेको बिमालाई उठाउन खोजेको, अव्यवस्थित बिमालाई व्यवस्थित बनाउन खोजेको, अपूर्ण बिमालाई पूर्णतातिर लिएर जान खोजेको हो, कार्यान्वयन हुनेगरी हुनसक्ने गरी हामीले दृष्टिकोणहरू ल्याएका छौँ, केके गर्यौँ भने बिमा सुरक्षित गर्न सकिन्छ, केके गरे बिमामा नियमित आम्दानी गर्न सकिन्छ ? भन्ने कुराको परिकल्पना गरेका छौँ ।”

आफू आमसर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभइ त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, “वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर व्यवस्थित बनाउने योजनामा छ । बिरामीको उपचार सर्वसुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँ ।”

उपचार कसरी गर्ने भन्नेबारेमा केही उपलब्धिहरू भए पनि त्यसले पूर्णता प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले बिरामी बढाउने नभइ बिरामी हुन नदिने उपाय कसरी खोज्न सकिन्छ त्यसअन्तर्गत काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । रासस