३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीलाई अग्नि नियन्त्रण तथा उद्धार प्रशिक्षण



अ+ अ-

भैरहवा। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले अग्नि नियन्त्रण र उद्धारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय भैरहवासँगको समन्वयमा अग्नि नियन्त्रण तथा उद्धारका लागि सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण गरिएको हो ।

विपद् जोखिम तथा व्यवस्थापन एउटा आपत्कालीन विषय हो । प्राकृतिक र गैरप्राकृतिक विपद्का रूपमा हुने आगलागीलाई नियन्त्रणका साथै उद्धारका उपायका विषयमा प्रशिक्षण गरिएको हो”, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु केसीले भन्नुभयो । तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई विपद्को समयमा राहत तथा उद्धार कार्यमा दक्ष बनाउने रहेको उहाँको भनाइ छ ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन वारुणयन्त्रसम्बन्धी विज्ञ प्रेमबहादुर चन्दले प्रशिक्षार्थीलाई आगलागीको समयमा अग्नि नियन्त्रण गर्ने उपायका साथै उद्धारका सैद्धान्तिक र प्रयोेगात्मक विषयमा प्रशिक्षण गर्नुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले आन्तरिक वा बाहिर क्षेत्रमा आकस्मिक आगलागी भएमा अग्नि नियन्त्रणका लागि कस्ता सामग्रीको कसरी प्रयोग गर्ने र निभाउने भन्नेबारे उहाँले जानकारीसहित प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा आगलागी नियन्त्रण, उद्धार गर्दा अपनाइने विधि प्रदर्शन गर्नुका साथै आगलागी भएमा कसरी निभाउने भन्ने विधि सिकाइएको थियो । अग्नि नियन्त्रण र उद्धारको अभ्यासका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका ३० जना प्रहरीको सहभागितामा तालिम सञ्चालन गरिएकोे नागरिक उड्डयन कार्यालय भैरहवाले जानकारी दिएको छ । रासस