२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता खर्चिलो छ, छरितो बनाउनुपर्छ : मन्त्री पौडेल



अ+ अ-

पाल्पा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीयता राज्यको क्षमताभन्दा बढी खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “वास्तवमा सङ्घीयता जनतालाई अधिकार दिलाउने सन्दर्भमा यो परिस्कृतस्वरूप हो, तर हाम्रो सङ्घीयता राज्यको क्षमताभन्दा बढी बोझिलो, खर्चिलो बनेको स्थिति छ, यसको अर्थ सङ्घीयता समाप्त गर्ने होइन, छरितो बनाउने हो, हाम्रो शासन संरचनालाई छरितो बनाएर अगाडि बढ्ने हो ।” सङ्घीय लोकतन्त्रमा धेरै कुरा भएको छ तर पर्याप्त नभएको उहाँको भनाइ छ ।

अहिलेको व्यवस्थालाई पूर्णता व्यवस्थित बनाउन आवश्यक छ, नेपाललाई समृद्ध बनाउने दिशामा हामी धेरै अगाडि बढेका छौँ, यसले पछाडि फर्कने अवस्था आयो भने देश धेरै पछाडि जाने अवस्था आउन सक्छ । त्यसैले व्यक्तिको हैन विधिको शासन स्थापित गर्न खोजेका हौँ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले सङ्घीय शासनलाई नै बलियो बनाएर लैजाने दिशामा लागेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले सङ्घीयता छरितो बनाउन अब राजनीतिक संरचना र प्रशासनिक संरचना छरितो बनाएर जानुु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

देश विकास गरी गरिबी हटाउन आर्थिक स्रोत जुटाउने सम्बन्धमा पार्टीबिच एकता हुनुपर्ने पनि उहाँले बताउनुभयो । नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोतका बीचमा कहीँकतै तालमेल नमिलेको मन्त्री पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीका सिद्धान्तहरू राम्रा छन् भाषण पनि मीठा गर्छन् तर गर्न स्रोत कसरी जुट्छ भन्नेमा ध्यान दिएका छैनन् । रासस