२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस पल्टिँदा बीस यात्रु घाइते, चारको अवस्था गम्भीर



अ+ अ-

तनहुँ। जिल्लाको डुम्रे–बेँसीसहर सडकखण्डमा आज बस पल्टिँदा २० जना यात्रु भएका छन् ।  डुम्रे बजारदेखि लमजुङ बेँसीसहरतर्फ जाँदै गरेको ग१ख ६४९८ नम्बरको बस भानु नगरपालिका–१ मोहरिया अनियन्त्रित भई पल्टिएको हो ।

प्रहरीका अनुसार घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेका  छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य बाँकी सोह्र जनाको डुम्रेस्थित लक्ष्मी अस्पताल र मोती मेडिकलमा उपचार भइरहेको छ । घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

गाडी साहु र चालकको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो, “कालिका बस व्यवसायी समितिबाट सञ्चालित बस भएको पुष्टि भएको छ ।रासस