१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशको पर्यटन योजना बनाउन छलफल



अ+ अ-

धनकुटा । आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रूपमा मनाउने कोशी प्रदेशको कार्ययोजना निर्माणका लागि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले सरोकारवालासँग यहाँ छलफल गरेको छ ।

मन्त्रालयको कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालयको आयोजनामा पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलसहित मन्त्रालयको टोलीबीच छलफल भएको हो ।

सचिवालयका निर्देशक कृष्ण शाहले कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्ष मनाउने कार्ययोजना बनाउन प्रदेशका सबै जिल्लामा छलफल सुरु गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सचिवालयका सहसंयोजक भविनकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा धनकुटाका पर्यटकीय गन्तव्यलाई सूचीमा समावेश गर्न तथा सबै जिल्लालाई समान रूपमा कार्यक्रम वितरण गर्न सहभागीले सुझाव दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्ष मनाउन सबै जिल्लाबाट आएका सुझावलाई समेटेर कार्ययोजना निर्माण गरिने बताउनुभयो ।




भर्खरै