७ भाद्र २०८३, आईतवार
,
Latest
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’



अ+ अ-

दमक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति झापा क्षेत्र नं ४ प्रदेशसभा (१)को कार्यालय भवनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले गणतन्त्रको विरुद्ध भइरहेका अवाञ्छित गतिविधि देश र जनताको पक्षमा उपयुक्त नहुने बताउनुभयो ।

राजसंस्थाले आधा भन्दा धेरै जनसङ्ख्या भएका महिलालाई राजा हुनबाट वञ्चित गराएको उल्लेख गर्दै उहाँले अब एकल जाति, लिङ्गीलाई फेरि पनि देशको शासन व्यवस्थामा ल्याउने कुरा केवल गफ गर्ने मेलोमात्र हुने उहाँको भनाइ थियो ।

गणतन्त्रको संस्थागत विकासमा कैयौँ चुनौती देखिए पनि त्यसलाई अवसरसँगै चुनौतीका रूपमा काम गर्नतर्फ लाग्नुपर्ने महामन्त्री शर्माको जोड छ । उहाँले कांग्रेस प्रदेशसभा (१) को नवनिर्मित कार्यालयसहित बिपी भवन निर्माणमा सहयोग गर्ने दाता तथा जग्गादातालाई सम्मान गर्नुभएको थियो ।