२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारको कामले मात्र पुग्दैन, कोरोनासँग लड्न जनचेतना अझै बढाउन आवश्यक छ ‘- प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । कोभिड नियन्त्रणमा सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनचेतना अझै बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् । आज प्रधानमन्त्री निवास वालुवाटारमा जनस्वास्थ्यबिज्ञहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका लागि थप जिम्मेवारीका साथ लाग्न आवश्यक रहेकोमा जोड दिएका हुन् ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रम कार्यालयका सचिव महेन्द्र गुरागाईंले अहिले प्रतिदिन १८ हजारसम्मको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको  जानकारी दिए । बैठकमा अहिलेसम्म ४ लाख जनाको पीसीआर विधिबाट टेष्ट भएको जानकारी दिइएको थियो । कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्न थालेपछि यसको रोकथाम, उपचार र नियन्त्रणका लागि थप कदम चाल्न सरकारले आज जनस्वास्थ्यबिज्ञहरुसँग  छलफल गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजबादी दलका अध्यक्ष महन्थ ठाकुरसहित जनस्वास्थ्यविज्ञहरुसँग अहिले छलफल गरिरहनुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयको जानकारी अनुसार छलफलमा कोभिड व्यबस्थापन केन्द्र, सिसिएमसीमा रहेका मन्त्रीहरु, सचिवहरु र जनस्वास्थ्यविज्ञहरुसहति २७ जना सहभागी रहेका छन् ।