२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय जनमोर्चाद्वारा गणतन्त्र र राष्ट्रियता रक्षा गर्न अभियान



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताका विषयमा पार्टीको धारणा स्थापित गराउन यही चैत २४ गतेदेखि काठमाडौँ केन्द्रित साताव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियताको रक्षाको पक्षमा अभियान सञ्चालन हुने जानकारी दिनुभयो । काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाले मुलुकमा प्रतिगमनको खतरा देखापरेका कारण राजधानी केन्द्रित पार्टी सचेतनासहितका कार्यक्रम गर्न लागेको उहाँले स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सम्पूर्ण गणतन्त्रवादी शक्तिहरुबीच प्रतिगमनविरुद्ध सहकार्यको आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।”

सो पार्टीका उपाध्यक्ष एवं संविधानसभा सदस्य दुर्गा पौडेलले सरकार र संसद्को सङ्ख्यामा भएको वृद्धिले खर्चको भार बढेर आर्थिक रुपमा मुलुक सञ्चालनमा चुनौती परिरहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “जिल्ला र केन्द्रका बीचमा समन्वयका लागि प्रदेशस्तरको प्रशासनिक संरचनाको निर्माणमा हामीले जोड दिन्छौँ ।”

उक्त पार्टीले नेपालको राष्ट्रियताका विरुद्धमा भइरहेको विभिन्न खाले षडयन्त्रका विरुद्ध सङ्घर्ष गरेर नै मुलुकको राष्ट्रियताको रक्षा गर्दै आएको जनाएको छ ।