१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

सशस्त्र विद्रोह घोषणा गरेर व्यवस्था परिवर्तन गर्न राजावादीहरुलाई सांसदहरुको चुनौति

सशस्त्र विद्रोह घोषणा गरेर व्यवस्था परिवर्तन गर्न राजावादीहरुलाई सांसदहरुको चुनौति
अ अ+ अ-

काठमाडौँ । तीनकुने घटना राजनीतिक नभएर अराजनीतिक भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उक्त घटनाका बारेमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताएका हुन् । घटनामा कुनैपनि राजनीतिक क्रियाकलाप नदेखिएको सांसदहरुको भनाइ छ । लुटपाट, आगजनी तथा हिंसक घटना भएकाले देशको देशको दिशा कतातिर जाँदैछ भन्ने निर्धारण गर्नसक्ने भएकाले सरकार संयमित हुनुपर्ने सांसदहरुले बताएका छन् ।

नेपाल समाजवादी पार्टी,नेपालका सांसद प्रकाश अधिकारीले तीनकुने घटनामा आयोजकले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि हिंसात्मक गतिविधि गरेकाले सैह्य नहुने बताउनुभयो । उहाँले राजतन्त्र अन्त्य गर्न विगतमा दलहरुले घोषणा गरेरै सशस्त्र विद्रोह गरेको उदाहरण दिँदै राजावादीहरुले व्यवस्था परिवर्तन गर्नै खोजेका हुन् भने सशस्त्र विद्रोह गर्न चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जसरी हिजो राजतन्त्र फाल्नलाई भनेर दलहरुले सशस्त्र आन्दोलन र विद्रोह गरेकै हो घोषणै गरेर । यदि हो भने राजावादी पनि आउनु प¥यो कि हामी सशस्त्र विद्रोह हिंसा गरेरै बदलिन्छौ । त्यसो भएपछि एउटा कुरा हुन्छ । तर भन्ने शान्तिपूर्ण गर्ने हिंसात्मक गतिविधि, अराजक गतिविधि । त्यो सैह्य हुन सक्दैन । जे घोषणा हो त्यो साकारमा जानु प¥यो । त्यसका लागि सरकार पनि त्यही ढंगले आउनुप¥यो ।

नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईँले देशमा राजनीतिक स्थिरता हुन लागेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बताउनु भयो । उहाँले तीनकुने घटनामात्रै हेरेर सरकार चुप लाग्ने अवस्था नभएको बताउनु भयो । उहाँले सहज अवस्था नभएकाले घटनाका बारेमा गृहमन्त्रीले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले अहिले १५ गतेको घटना मात्रै हेरेर शान्त भएर बस्ने दिन छैन । किनभने यो घटना सजिलै घटेको पनि छैन । यो भन्दा धेरै पहिला यसै समितिमा सुरक्षा प्रमुखहरुले पनि धेरै कुराहरुको बिफ्रिङ गर्नुभएको थियो । त्यसकारणले गृहमन्त्री जी तपाईँलाई म आग्रह गर्न चाहन्छु तपाईँहरु सरकार सिरियस हुनुस् । सजिलो परिस्थिति म देख्दिनँ । जबजब देशमा स्थिर सरकारतिर मुलुक स्थिरतातिर जान्छ अहिले मात्रै होइन सात सालदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय चलखेल शुरु हुन्छ । शक्तिहरुको बीचमा चलखेल शुरु गराउने परम्परा पहिलेदेखि चलिआएको छ ।’

नेपाली काँग्रेसकी सांसद अम्बिका बस्नेतले तीनकुनेमा भएको आगलागीमा मिश्रित प्रतिक्रिया आएकाले अन्योल छाएको बताउनु भयो । उहाँले घरको छतबाट प्रहरीले अश्रु ग्यास हानेकाले त्यस्तो अवस्था सिर्जना भएको भन्ने र प्रहरी छतमा नगएको भन्ने प्रतिक्रियाले भ्रम सिर्जना गरेको बताउनु भयो । यस्ता भ्रमहरु समाधान गर्न सरकारले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आगलागी गरेको विषयमा पनि धेरै कुराहरु बाहिर आएका छन् । एकथरीले भन्छ किन यो घटना घट्यो भन्दाखेरि होइन यो सरकारले नै यस्तो खालको परिस्थिति सिर्जना ग¥यो किनभने छतमा बसेर प्रहरीहरुले टियर ग्यास हान्यो भन्ने छ एकातिर । अर्कोतिर ताला लागेको छ ।अब मैले त भिडियोहरु हेरेको छु घरभेटी भनेर जस्लो बोलिरहनुभएको छ, होइन त्यहाँ तला लगाएको थियो प्रहरी गएको छैन भन्ने पनि सुनेको छु । अरुले भन्दाखेरि त्यहाँ प्रहरीहरु नै थिए, त्यही छतबाट हान्यो भन्ने पनि कुरा आएको छ । यस्तो मिश्रित प्रतिक्रिया आइरहेको बेलमा सत्यतथ्य के हो यो पनि प्रष्ट पार्ने पर्ने जरुरी छ ।’

नेपाली काँग्रेसका सांसद ह्रदयराम थानीले विमानस्थल रहेको तीनकुने र सिनामंगल क्षेत्रमा सुरक्षाका दृष्टिले संवेदनशिल भएकाले त्यस्तो ठाउँमा कार्यक्रम गर्न दिनु सरकार र सुरक्षा निकायको कमजोरी भएको बताउनु भयो । उहाँले गृहमन्त्रीलाई संभावित अराजनीतिक घटना हुन सक्ने सूचना भएर पनि प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले सुरक्षा निकायसँग सूचना लिन नसकेको हो वा सुरक्षा निकायको कार्यक्षमतामै ह्रास आएको हो रु भन्दै गृहमन्त्रीमाथि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई सिनामंगल क्षेत्र कस्तो लाग्छ भने विमानस्थल पनि यहीँ छ, इन्धन भण्डारणको ठूलो डिपो पनि त्यहीँ छ । पेट्रोल पम्पदेखि मिडिया हाउसहरु त्यहीँ छ । सिनामंगल र तीनकुने जस्तो संवेदनशील ठाउँमा जो सुरक्षाको राडार भित्र पर्छ होला आज त्यो ठाउँ हामीले कल्पना गरेको व्यक्तिहरुलाई कार्यक्रम गर भन्नु सुरक्षा निकाय र हाम्रो कमी कमजोरी हो कि होइन रु यिनीहरु उच्छृृङ्खल र अराजक हुन् भनेर थाहा छ र गर्न सकेको सबै गर्छन भन्ने कुरा गृहमन्त्रीलाई सूचना नभएको होइन । त्यस्तो अवस्थामा गृह प्रशासन,राष्ट्रिय अनुसन्धान विभाग जस्ले देशको सुरक्षालाई आफ्नो हातमा र सूचना दिनुपर्ने हो त्यस्तै सिआइबी जस्तो इन्टलिजेन्स कहाँ हामी चुक्या छौँ रु अपारध महाशाखा कहाँ गयो रु आज हामीले सुरक्षा निकायहरुलाई एक ठाउँमा राखेर सूचना लिन नसकेको हो वा इन्टेलिजेन्समा पनि केही ल्याप्सेस भएको गएको हो रु’

नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले तीनकुने घटनामा धर्म गुरुहरु पनि सम्लग्न भएको भन्दै साधुको हातमा ढुंगा देखिनु हिन्दु धर्मका लागि पनि घाटा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ढुंगा देखियो के, साधुको हातमा त बाइबल वेद के पो हुनु पथ्र्यो होला त । त्यसकारण हिन्दु धर्माअवलम्बीहरुलाई पनि घाटा छ यस्तो तरिकाको आन्दोनलबाट विचार गरियोस भन्ने विषय राख्छु । समाजवादी मोर्चाको कार्याक्रम भोलिपल्ट राख्नुपथ्र्यो भन्ने कुरापनि उठ्यो त्यस्तो कुरा नगरौँ, हाम्रो समाजवादी मोर्चाले अगाडि नै स्वीकृति भइसक्या हुनाले यो विषय नउठाउनै राम्रो हुन्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुर्गा प्रसाईँलाई घटनाको दिन प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएर किन छोडेको भन्दै प्रश्न गर्नुभयो । प्रसाईँलाई सरकारले तत्काल गिरफ्तार गरेर कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले घटना भएको दिन नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रको पार्टी कार्यालयमा सुरक्षा प्रहरी तैनाथ गरिएपनि आफ्नो पार्टी एकीकृत समाजवादीको कार्यालयमा सुरक्षा दिन माग गर्दा पनि प्रहरी परिचालन नगरिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दुर्गा प्रसाईँलाई नियन्त्रणमा लिएको हामीले भिजुएल देखेका छौँ, प्रहरीले घेरा हालेको भिजुएल देखेका छौँ । टेलिभिजनमा पनि हेरेको थिएँ । नियन्त्रणमा लिइ सकेपछि दुर्गा प्रसाईँलाई किन छोडियो ? र आज उनी कहाँ छन् रु गिरफ्तार किन गरिएन रु तीनकुनेको सबैभन्दा नजिकको हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको कार्यालय केन्द्रीय कार्यालय र जिल्ला कार्यालय आमनेसामने ।दुईटै कार्यालयमा हमला भयो । नेपाली कांग्रेसको कार्यालयमा एक ट्रक प्रहरी राखियो, एमालेको कार्यालयमा एक ट्रक प्रहरी राखियो, माओवादी केन्द्रको कार्यालयमा पनि प्रहरी भएको देखियो तर घटना भएको सबैभन्दा नजिकै भएको एकीकृत समाजवादीको कार्यालयमा नि प्रहरी राखिएन रु’

समिति बैठकमा सांसदहरुले जनप्रतिनिधि, सरकार तथा सुरक्षा निकायले जिम्मेवारी अनुरुप काम गरेर जनताका निराशा सम्बोधन गरी यस्ता घटना हुन नदिन सचेत हुनपर्ने बताएका थिए । सांसदहरुले तीनकुने घटनाका बारेमा सरकारले निश्पक्ष छानबिन समिति गठन गरेर सत्यतथ्य सार्वजनिक गर्न जोड दिएका थिए ।