१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

सरकारले बोलाएको वार्तामा शिक्षकहरु सहभागी भएनन्, सरकारद्वारा वार्ताका लागि पुनः आह्वान

सरकारले बोलाएको वार्तामा शिक्षकहरु सहभागी भएनन्, सरकारद्वारा वार्ताका लागि पुनः आह्वान
photo: rss
अ अ+ अ-

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ ।

शुक्रवार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरु वार्तामा सहभागी भएनन् ।

कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिव डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरु नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुंग्याएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताउनु भयो ।

उहाँले शिक्षकहरुले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहनुभएको र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरु नआउनुभएको बताउनु भयो । उहाँले सरकार शिक्षा ऐन ल्याउनका लागि लचिलो रहेको भन्दै वार्तामा सहभागी हुन आह्वान गर्नुभयो । सरकारले शिक्षकका मागहरुलाई दृढताका साथ सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरुले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न उहाँहरु सडक आन्दोलनमा हुनुहुन्छ । कार्यवाहक प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री हार्दिक आचार व्यक्त गर्न चाहन्छु । हिजो हामी बसेर यो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मात्रै विषय होइन । यो सिंगो सरकारको विषय हो ।

सरकारले एक पटक हामीले शिक्षक प्रतिनिधि, शिक्षक महासंघ सबैसँग बसेर एउटा निस्कर्षमा पुग्नुपर्छ भनेर उहाँले नै चासो दिएर यो विषयलाई महत्वपूर्ण रुपमा उठान गर्नुभयो । भोलि उहाँहरुसहितको उपस्थितिमा बसौँ भनेर हिजो सल्लाह गरेर उठेका थियौँ । कार्यवाहक प्रधानमन्त्रीलाई आभार व्यक्त गर्न चाहन्छु, गृहमन्त्री, प्रमुख सचेतक, मुख्य सचेतकहरु पार्टीका उहाँहरु सबैको उपस्थितिमा हामीले साझा सवाल हो ।

संसद र सरकारको सवाल हो भनेर सबैको ध्यानाकर्षण भएर यसको समाधानका लागि अघि बढ्नुपर्छ भनेर निस्कर्ष निकालेका थियौँ । हामीले संवाद गर्न मन्त्रालय खुला छ भनेर आह्वान गरेका छौँ । सरकार लचिलो छ । सरकारले शिक्षकका मागहरुलाई कतै पनि दृढताका साथ सम्बोधन गरेर अघि बढ्नेछ । आज आमन्त्रण गरिएको त्यसमा सिंगो सरकारले आह्वान गरेको छ । औपचारिक खबर आएन । हामीले डेढ घण्टा पर्खियौँ । उहाँहर नआउनु भएपछि फेरि संवादका लागि आमन्त्रण गर्नेगरी आजको बैठक स्थगित गरेका छौँ ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले केही दिनदेखि आन्दोलन गर्दै आइरहेका छन् । बिहीवार साँझ पनि सरकारसँग शिक्षकहरुको वार्ता भएको थियो । शुक्रवार ३ बजे बस्नेगरी स्थगित भएको बिहीवारको बैठक आज भने बस्न सकेन । सरकारले शिक्षकहरुका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै पुनः बैठकका लागि आह्वान गरेको छ ।