६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बोलाएको वार्तामा शिक्षकहरु सहभागी भएनन्, सरकारद्वारा वार्ताका लागि पुनः आह्वान



photo: rss
अ+ अ-

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरु सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ ।

शुक्रवार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरु वार्तामा सहभागी भएनन् ।

कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिव डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरु नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुंग्याएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताउनु भयो ।

उहाँले शिक्षकहरुले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहनुभएको र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरु नआउनुभएको बताउनु भयो । उहाँले सरकार शिक्षा ऐन ल्याउनका लागि लचिलो रहेको भन्दै वार्तामा सहभागी हुन आह्वान गर्नुभयो । सरकारले शिक्षकका मागहरुलाई दृढताका साथ सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकहरुले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न उहाँहरु सडक आन्दोलनमा हुनुहुन्छ । कार्यवाहक प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री हार्दिक आचार व्यक्त गर्न चाहन्छु । हिजो हामी बसेर यो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मात्रै विषय होइन । यो सिंगो सरकारको विषय हो ।

सरकारले एक पटक हामीले शिक्षक प्रतिनिधि, शिक्षक महासंघ सबैसँग बसेर एउटा निस्कर्षमा पुग्नुपर्छ भनेर उहाँले नै चासो दिएर यो विषयलाई महत्वपूर्ण रुपमा उठान गर्नुभयो । भोलि उहाँहरुसहितको उपस्थितिमा बसौँ भनेर हिजो सल्लाह गरेर उठेका थियौँ । कार्यवाहक प्रधानमन्त्रीलाई आभार व्यक्त गर्न चाहन्छु, गृहमन्त्री, प्रमुख सचेतक, मुख्य सचेतकहरु पार्टीका उहाँहरु सबैको उपस्थितिमा हामीले साझा सवाल हो ।

संसद र सरकारको सवाल हो भनेर सबैको ध्यानाकर्षण भएर यसको समाधानका लागि अघि बढ्नुपर्छ भनेर निस्कर्ष निकालेका थियौँ । हामीले संवाद गर्न मन्त्रालय खुला छ भनेर आह्वान गरेका छौँ । सरकार लचिलो छ । सरकारले शिक्षकका मागहरुलाई कतै पनि दृढताका साथ सम्बोधन गरेर अघि बढ्नेछ । आज आमन्त्रण गरिएको त्यसमा सिंगो सरकारले आह्वान गरेको छ । औपचारिक खबर आएन । हामीले डेढ घण्टा पर्खियौँ । उहाँहर नआउनु भएपछि फेरि संवादका लागि आमन्त्रण गर्नेगरी आजको बैठक स्थगित गरेका छौँ ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले केही दिनदेखि आन्दोलन गर्दै आइरहेका छन् । बिहीवार साँझ पनि सरकारसँग शिक्षकहरुको वार्ता भएको थियो । शुक्रवार ३ बजे बस्नेगरी स्थगित भएको बिहीवारको बैठक आज भने बस्न सकेन । सरकारले शिक्षकहरुका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै पुनः बैठकका लागि आह्वान गरेको छ ।