७ भाद्र २०८३, आईतवार
,
Latest
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न सफल हुन दिन्नौंः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयास सफल हुन नदिने बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । राजतन्त्रको पालमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित नगरिएको कारण गणतन्त्र स्थापना भएको उल्लेख गर्दै व्यवस्था उल्टयाउनेबारे नसोच्न उहाँको चेतावनी छ ।

उहाँले जनतामा आक्रोश र असन्तुष्टि रहेपनि सरकार राम्रो काम गर्ने प्रयत्न गरिरहेको बताउनु भयो । उहाँले सरकारले चाहेजति राम्रो काम गर्न नसकेको स्वीकार समेत गर्नुभयो । उहाँले घरमा फोहोर भयो र मुसा पस्यो भने घर सफा गरेर मुसा भगाउने हो कि घरमा आगो लगाउने हो रु भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले वर्तमान व्यवस्थालाई सुदृढ गर्नुको अरु कुनै विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजतन्त्रको कालखण्डमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित गरिएन । त्यसकारण मुलुक गणतन्त्रमा गएको हो । र यो व्यवस्थाको संविधान बनेको हो । त्यसकारण जनताको सार्वभौम सत्ता खोस्न पाइदैन । यसमा हामी प्रष्ट हौं । यो प्रयत्न जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न हो । जनतामा आक्रोश र असन्तुष्टि रहेकाले त्यसो भएको भन्ने कुरा साथिहरुले उठाउनु भएको छ ।

हामीले राम्रो गर्न कोशिस गरिराखेका छौं, राम्रो गरिरहेका छौं । तथापि जति गर्न सक्नुपथ्र्यो, त्यस्तो गर्न सकिएको अवस्था छैन । कमि कमजोरि होलान् । यो स्वीकार्न कुनै अप्ठ्यारो छैन । तर घरमा फोहोर भयो, घरमा मुसा पसे भने घर फोहार भयो भने मुसा लखेट्ने र सफा गर्ने हो कि घरमा आगो लगाउने हो रु त्यो विकल्प पनि यही गरिमामय संसदले तय गर्ने हो । त्यसकारण घर सफा गर्न म आग्रह गर्न चाहन्छु, आगो लगाउने विकल्प हुन सक्दैन ।

संघीय लोकतान्त्रि गणतन्त्रात्मक व्यवस्थाका कमजोरीहरुलाई यही व्यवस्थाको माध्यमबाट ठिक गर्दै लैजानुपर्ने उहाँको भनाइ छ ।