१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न बनाऔंः शसस्त्र प्रहरी महानिरीक्षक अर्याल

प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न बनाऔंः शसस्त्र प्रहरी महानिरीक्षक अर्याल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । शसस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले प्रहरी संगठनहरु साधन श्रोत सम्पन्न हुन नसकेको बताउनुभएको हो । उहाँले गृह मन्त्रालयलाई धेरै वर्ष पहिलादेखि प्रहरीलाई साधन श्रोत उपलब्ध गराउन नामहरुको सूचि दिएपनि पूरा हुन नसकेको दाबी गर्नुभयो । उहाँले सुरक्षा राष्ट्रको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रविधि र साधन श्रोत सम्पन्न गर्नका लागि सरकारले बजेट निर्माणको काम भइरहेकाले सबैकुरा समेट्न जरुरी रहेको बताउनु भयो । प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन सरकारलाई निर्देशन दिन समिति समक्ष आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गृह मन्त्रालयले प्रहरीलाई सामानहरु वर्षौं वर्ष भइसक्यो दिनुपर्छ भनेको । भएको छैन । सुरक्षा राष्ट्रको प्रायोरिटीमा पर्नुपर्छ । त्यो पर्नको लागि अहिले मैले अनुरोध गरेको किन हो भने अहिले बजेटको समय आएको छ । व्यक्तिगत इन्टेन्सनले कुनै पनि कमी, कमजोरी भएको छैन ।

टेक्नोलोजीकल कारणले, साधन श्रोतको कारणले धेरै कुरा भने जस्तो गर्न सकेको छैन । त्यसले गर्दा धेरै कुरामा समस्या अउने हुन्छ । त्यो अवस्थामा हाम्रो मान्छेहरु पूर्ण रुपमा काम गर्न सक्दैन । सरकार भनेको सरकार, प्रतिपक्ष जनता सबै हो । यसको लागि सबै एकजुट भएर समितिले औपचारिक रुपमै प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न गर्न केके दिनुपर्छ । लिस्ट पनि पठाएका छौँ । त्यसका लागि यहाँबाट निर्देशन भइदियो भने प्रहरीहरु पछि—पछिसम्म पनि सम्झिने वातावरण बन्थ्यो ।’

महानिरीक्षक अर्यालले तीनकुने घटनामा बल प्रयोग आवश्यकता र समानुपातिकमा आधारित रहेको दाबी गर्नुभयो ।