२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छः हितराज पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले अराजकत प्रदर्शनको मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गर्नुभयो । उहाँले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको आरोप लगाउनु भयो ।

उहाँले वर्तमान सरकार खालि सेटिङको पछि मात्र दौडिरहेको आरोप लाग्ने गरेको समेत टिप्पणी गर्नुभयो । तस्करी रोक्दै जनतामा रहेको निराशा चिर्न सरकारको योजना के छ ? उहाँको प्रश्न छ । उहाँले आन्दोलनरत शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडितहरुका समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार त अहिले विद्युत प्राधिकरण र राष्ट्र बैंकको गर्भनरतिर मात्र लागिरहेको छ । खालि अहिले त सेटिङको कुरा मात्र आइरहेको छ । अलिकति विचौलियाहरुको पनि कुरा आइरहेको छ । मुलुकमा सुशासन कायम गर्ने र जनताको आक्रोस कहाँ छ र त्यसलाई कम गर्ने भन्नेतिर भन्दापनि तस्करीलाई रोक्नेभन्दा पनि सरकार के गरेर बसेको छ रु यसबारे सरकारको के भनाइ हो । जनतामा रहेको निराशा र आक्रोश जुन छ यसलाई सरकारको के योजना छ रु अहिले शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडित लगायतका आन्दोलनहरु भइरहेका छन् । उनीहरुले उग्र रुप लिएभने त गाह्रो हुन्छ यसबारे सरकारको के भनाइ हो ? ’

उहाँले कुनैपनि आन्दोलानलाई सामान्य रुपमा लिन नहुने बताउनु भयो ।