१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न निर्देशन

कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न निर्देशन
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले कमलपोखरीमा पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न निर्देशन दिनुभएको छ ।

कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेका कामको आज अनुगमन गर्दै उहाँले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका अधिकारीलाई यस्तो निर्देशन दिनुभएको हो । पोखरी वरिपरि राखिएका चैत्य तथा मूर्तिमा आगन्तुकले क्षति गरेको देखेपछि उहाँले सिसिटिभी क्यामरामार्फत अनधिकृत क्रियाकलाप निगरानी गर्ने प्रबन्ध गरिने बताउनुभयो ।

करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यटकीय रूपमा विकास गर्ने गुरुयोजनाअनुरुप यहाँ पुनःनिर्माण भइरहेको छ । गुरुयोजनाको पहिलो चरणमा करिब रु छ करोड ३६ लाखको लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएका छन् ।

दोस्रो चरणमा पोखरीको सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यसका लागि रु तीन करोड छ लाख आठ हजार ११ मा ठेक्का सम्झौता भएको छ । गत भदौ १९ गते कार्यादेश दिइएको यो योजना आगामी साउन १५ गतेभित्र सम्पन्न गर्नुपर्ने छ ।

यस्तै, ट्याक्टिकल अर्वनिजम (सडक तथा फुटपाथ किनाराको सौन्दर्य)का लागि उद्यान तथा हरियाली आयोजनाले काम गरिरहेको छ । साविकमा प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण भइरहेको छ । सिमाना पर्खाल बाहिर ट्याक्टिकल अर्बनिजमअन्तर्गत फल्चाशैलीमा परम्परागत बस बिसौनी, पैदलयात्रीले पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ, बिरुवा तथा फूल रोप्ने र सानो पार्क बनाउने काम भइरहेका छन् ।

यस वर्ष ट्याक्टिकल अर्वनिजमका लागि करिब रु दुई करोड लागतमा करिब ३२ ठाउँमा काम भइरहेको महानगरले जनाएको छ । यसअन्तर्गत पोखरीका चार कुनामा कमल रोप्ने र माछा राख्ने कामसमेत हुनेछन् । पोखरीको वरिपरी पैदलमार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुङ्गेधारा, अपाङ्गतामैत्री शौचालय, खुला व्यायामशाला र उद्यान कमलपोखरीका विशेषता हुन् । पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मूलढोकासँगै एउटा ठूलो पोखरी र त्यसको वरिपरि पाँच वटा मण्डप छन् ।