१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

प्रदेश खारेजीको लागि म आफैँ आन्दोलनमा छुः अध्यक्ष केसी

प्रदेश खारेजीको लागि म आफैँ आन्दोलनमा छुः अध्यक्ष केसी
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आफू आन्दोनमै रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताउनुभएको हो । प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उहाँको जिकिर छ । उहाँले तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको समेत बताउनु भयो ।

उहाँले संविधानमा भएका असहमतिहरुलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको बताउनु भयो । उहाँले आन्दोलन प्रदर्शनका नाममा प्रणाली सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्ने समेत बताउनु भयो । उहाँले तीनकुने घट्नाले लोकतन्त्रण र गणतन्त्र सुरक्षित नगरेको संकेत गरेको उल्लेख गर्दै सबैले चनाखो हुनुपर्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ यो आन्दोलन आएको छ । संविधानभित्रका कतिपय कुराहरुमा त हाम्रो मतभेद हुनसक्छ नि । त्यो मतभेद त जनतामा त्यस किसिमको प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो । त्यसको बहाना प्रणाली नै सिध्याउने र शत्रुतापूर्ण आन्दोलनसित सरकार चनाखो हुनुपर्छ । अब म आफैं पनि आन्दोलनमा छु ।

मैले सरकारलाई भनिराखेको छु प्रदेश हुनुहुन्न । संविधान बनाउँदाका बखतदेखि नै जनमोर्चाले प्रदेश भनेको होइन । गृह मन्त्रालयसँग यति नजिकको ठाउँ, सुरक्षा निकायको नजिकको ठाउँमा जुन खालको घटना घट्यो यो राम्रो भएन । सरकारले पीडितहरुलाई दिएको राहत राम्रै कुरा छ । तीनकुनेको घटनालाई हेर्ने हो भने लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन । हामी सबै शतर्क हुनुपर्छ । ’

नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले तीनकुने प्रदर्शनमा सरकारले आवयक विवेक नपु¥याउँदा क्षति भएको बताउनु भयो । उहाँले प्रदर्शनको अघिल्लो दिन निर्मल निवासमा राजावादीहरुले कमाण्डर परिवर्तन गरेको भएपनि सरकारले आवश्यक तयारी नगरेको बताउनु भयो । उहाँले बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर जनताको भावनामाथि खेल्ने पृष्ठभुमिका अराजक मान्छेलाई कमाण्डर तोक्दा समेत सरकार चनाखो नभएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘चैत १४ गते निर्मल निवासमा ८६ वषीर्य कमाण्डर चेन्ज गरेर अर्को कमाण्डर टिकाटालो लगाउँदा सरकार के हेरेर बसेको थियो रु यसमा सरकारको तयारी पुगेन । किनभने कमाण्डरका गतिविधि त हामीले विगतमा बल्खुदेखि धेरे ठाउँम हेरिसकेका छौं । बैंकबाट अर्बौं रुपैयाँ लिइसकेपछि तिर्नु पर्दैन भनेर ऋणीहरुको भावनामाथि खेलेर अराजक बनि हिँड्नेलाई कमाण्डर तोकेको सार्वजनिक भइसकेको थियो नि त ।’

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले त्रिभूवन विमानस्थल नजिकैको संवेदनशील स्थलमा राजावादीहरुलाई आन्दोलन गर्न किन ठाउँ दिइएको हो रु भन्दै प्रश्न गर्नुभयो । त्यस्तो संवेदनशील ठाउँमा प्रदर्शनका लागि अनुमति दिन नहुनेमा उहाँको जोड छ ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले व्यवस्थाविरुद्धका आन्दोलन र प्रदर्शन गर्नेहरुप्रति सरकार चिन्तित र गम्भिर हुन आवश्यक रहेको धारणा राखे ।