२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो संस्करणको ‘केपी ओली कप’ क्रिकेट शनिबारदेखि



अ+ अ-

कास्की। पोखरामा यहीँ चैत २३ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘केपी ओली कप टि–२० राष्ट्रिय पुरूष क्रिकेट’ सुुरु हुँदैछ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले एकेडेमीका संरक्षक रहनुभएका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो । पोखरा रङ्गशालामा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिनुभयो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा रहेका टिमले एकअर्कासँग एक÷एक खेल खेलेपछि चारवटै समूहका शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा सीइसी काठमाडौँ, हेटौँडा एसए, पोखरा महानगर सिसी र स्याङ्जा सिसी छन् । समूह ‘बी’ मा चितवन सिसी, ग्रेट हिमालयन सिए, गण्डकी हिरोज सिसी र हिमालयन सिए छन् ।

यसैगरी समूह ‘सी’ मा लुम्बिनी खुकुरी सीसी, मधेस प्रदेश सिसी, हिमाल फ्रेन्ड्स र कर्णाली एकेडेमी छन् । समूह ‘डी’ मा सुन्दरहरैँचा आइसिसी, अत्तरिया सिए, माइपोखरी सीसी र होराइजन सिसी छन् । ‘लिग कम नक आउट’ का आधारमा हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘प्लेयर अफ द सिरिज’ ले रु ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही रु १० हजार र ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका माध्यबाट क्रिकेट खेलको विकास तथा पोखराको खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष आचार्यले बताउनुभयो । पोखरामा नै गत वर्ष सम्पन्न पहिलो संस्करणमा मधेश प्रदेसले उपाधि जितेको थियो । रासस