२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडिबुटी केन्द्र छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको छ : मन्त्री शाही



अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही चैत १५ गते आन्दोलनका क्रममा जलाइएको जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको छ ।

उहाँका साथमा काठमाडौँ क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य सोविता गौतमसमेत रहनुभएको थियो । मन्त्री ठकुरी र सांसद गौतमले जडिबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गर्नुभएको हो । यही चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन केन्द्र भग्नावशेष बनेको हो । त्यहाँ रहेका सवारीसाधन जलाइएको थियो भने करोडौँको रुपैयाँ बराबरको क्षति भएको छ ।

सो अवसरमा प्रशोधन केन्द्रका महाप्रबन्धक सङ्गीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे उहाँहरुलाई जानकारी गराउनुभएको थियोे । निरीक्षणपछि मन्त्री शाहीले छिटोभन्दा छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको बताउनुभयो । “प्राविधिक र विज्ञ राखेर छलफल गरिरहेका छौँ । रु १० करोड बजेट भए अस्थायी रुपमा सञ्चालन गर्न सकिन्छ । यसबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । चाँडै रकम उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो ।

क्षतिबारे सहरी विभागले मूल्याङ्कन गरिरहेको र चाँडै पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने मन्त्री शाहीको भनाइ थियो । “उत्पादन बढाउने र रोजगारलाई सुनिश्चित गर्ने सवालमा हामी सबै प्रक्रिया पूरा गरेर पुनःसुरु गर्छौँ”, उहाँले भन्नुभयो ।

सांसद गौतमले आगो लगाउनेलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । प्रशोधन केन्द्रलाई घना बस्तीबाट अन्यत्र सार्नुपर्ने उहाँको सुझाव थियो ।

प्रशोधन केन्द्रका महाप्रबन्धक यादवले नयाँ उत्पादनको तयारी गरिरहेका बेला आगो लाग्दा ठूलो क्षति भएको बताउनुभयो । उहाँकाअनुसार उद्योगको दुई भवन र १३ गाडी जलेर क्षति भएको छ । रु २८ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको महाप्रबन्धक यादवले बताउनुभयो । प्रशोधन केन्द्रका कर्मचारीले उत्पादन बन्द हुँदा बेरोजगार हुने मन्त्री शाही र सांसद गौतम समक्ष चिन्ता व्यक्त गरेका थिए । रासस