१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल अफगानिस्तानसँग १३० रनले पराजित



अ+ अ-

काठमाडौँ । यु–१९ एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल अफगानिस्तानको युवा टोलिसँग १३० रनले पराजित भएको हो । अफगानिस्तानले दिएको ३०१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा अलआउट हुँदै १७० रनमात्रै जोड्यो ।

नेपालका निरज कुमार यादवले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा सन्तोष यादव र अशोक धामीले २४–२४ रन जोडे । यस्तै, अभिषेक तिवारीले १७, नरेन भट्टले १३ तथा सिब्रिन श्रेष्ठ ११ रनमा आउट भए । बलिङतर्फ अफगानिस्तानका वाहिदुल्लाह जाद्रान, जैतुल्लाह शाहिन र महबुब खानले २–२ तथा अब्दुल अजिज, नुरीस्तानी ओमारजाई र नाजिफुल्लाह अमिरीले १–१ विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर उक्त योगफल बनायो ।

अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए । उनले ८८ बलमा नौ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन् ।

त्यसैगरी, खालिद अहमदजाइले १०७ बलमा छ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।

नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।

नेपाल र अफगानिस्तान यु–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा रहेका छन् । छनोटअघि दुवै टोलीले तीन खेलकोे अभ्यास सिरिज खेल्न लागेका हुन् ।