२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.08

Wind: 3.09

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त निर्देशक हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सकिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ सम्पन्न भएको हो । यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ ।

घिसिङले आफ्नो पदाधिकार बाँकी रहँदै सरकारले बदनियतपूर्वक हटाएकेमा थमौतीको अन्तरिम आदेश माग गरेका छन् भने शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गरेका छन् ।