२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.08

Wind: 3.09

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरमा नगर प्रहरी र कर्मचारीबीच लफडा हुँदा कहाँ थिए बालेन ?



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले आज कार्यालय पुगेर हाजिर गरेका छन् ।

गुरागाईं कार्यालय प्रवेश गर्न खोज्दा नगर प्रहरी र कर्मचारीबीच तनाव उत्पन्न भयो । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईंलाई कार्यकक्षतिर लगे ।

मेयर बालेन साहको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतको कोठामा तालासमेत लागाइएको थियो तर कर्मचारीहरुले ताला फोडेर गुरागाईंलाई हाजिर गराए ।

यस्तो परिदृश्यमा महानगका मेयर शाह कहाँ छन् भनेर सबैलाई चासो लाग्नु स्वभाविक हो । शाह अनुपस्थितिमा उपमेयर सुनिता डंगोलले अनौपचारिक बैठक राखिन् ।

उनी त्यसबेला महानगरको कार्यालयमै थिएनन् । उनी काभ्रेको पाँचखालमा रहेको खुलेको छ । कार्यालयमा तनावको स्थिती रहँदा मेयर शाह भने पाँचखालको एउटा रेस्टुरेन्टमा लस्सी खाइरहेका थिए ।

उक्त रेस्टुरेन्टकी सञ्चालकले बालेनसँग खिचेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘आज बालेन साहसँगको भेट, पाँचखाल केराघारी एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टरमा ।’

बालेन आफ्नो केही सहयोगी लिएर हिजो नै काभ्रे गएको बताइएको छ ।