२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

बनियानी। झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

झापा गाँउपालिका–३ स्थित भित्री सडकखण्डमा झाटीबाट कामाटोलीतर्फ आउँदै गरेको मे १ त ४१०७ नं को ट्याक्टरबाट खसेर सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

‘लिप्ट’ मागेर बसेका हास्दा अचानक बेहोस भएर ट्याक्टरबाट खसेर घाइते भएका थिए । स्वास्थ चौकी शरणामतिमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा आज बेलुका ६ः३० बजे उपचारको क्रममा मृत्यु भएको प्रवक्ता खड्काले बताउनुभयो ।

हास्दाको शव प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा परीक्षणका लागि राखिएको छ भने ट्याक्टर धनी एवं चालक झापा–३ का ४८ वर्षीय देवकुमार गणेशलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस