२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक छिटो पारित गर्नुपर्नेमा जोड



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्तले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई छिटो पारित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विधेयकमा बढी व्यवस्थापनको कुरामा मात्रै केन्द्रित भएको र नियमनको कुरा नरहेको बताउनु भयो । उहाँले विधेयकको जोड प्राकृतिक श्रोत साधनको प्रयोग बढी गर्ने विषयमा रहेको र प्रयोगपछि तिनीहरुको पुनःभरण कसरी गर्ने? भन्नेमा नबोलेको बताउनु भयो । वातावरण संरक्षण, रोडा, ढुंगा उत्खननका बारेमा नबोलिएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यसमा बढी व्यवस्थापनको कुरा फोकस भएको छ । नियमनको कुरा छैन । यसले उपयोगको पक्षमा मात्रै बोलेको छ । यो विधेयकको जोड प्राकृतिक श्रोत साधनको प्रयोग बढी गर्ने विषयमा जोड बढी छ । प्रयोगपछि तिनीहरुको पुनःभरण कसरी गर्ने ? भन्नेमा चाहिने कुराहरु राख्न सकेको छैन । वातावरण संरक्षण, रोडा, ढुंगा उत्खननका बारेमा बोलिएको छैन । बाटो गलत ढंगले बनाएर पहिरो, ढुंगाखानीको कारणले पहिरो गएको छ, बस्ती उठेको छ । प्राकृतिक विनाशको मूल्य चुकाएर त्यसबापत रिटर्न के भएको छ । यो विधेयक बनाउँदा गम्भीरतापूर्वक सोच्नुपर्छ । प्राकृतिक श्रोतहरुको दुरुपयोग र उत्खनन कम गर्नुपर्छ ।’

सांसद पन्तले स्थानीय तहमा सडक निर्माण भइरहँदा प्रकृतिको दोहन हुनुका साथै बस्ती विनाश भइरहेको बताउनु भयो ।