१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली पत्रकारिताबारे समालोचनात्मक पुस्तक ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ प्रकाशित (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली पत्रकारितासम्बन्धि अनुसन्धानमा आधारित पुस्तक ‘ग्लोबल पर्सपेक्टिभस् अन जोर्नालिज्म इन नेपाल’ प्रकाशित भएको छ । नेपाल भित्र र बाहिर रहेका २१ जना पत्रकारिता-सञ्चार अध्येताहरुको लेखनलाई समेटेर तयार पारिएको सो पुस्तक बेलायतको ख्याती प्राप्त प्रकाशन गृह राउटलेजले प्रकाशित गरेको हो ।

नेपालको पत्रकारिता क्षेत्रबारे जान्न खोज्ने विश्वका अध्येताहरुलाई पनि सो पुस्तक उपयोगी हुने सहप्राध्यापक डा. कुन्दन अर्यालले बताउनु भयो । उहाँले नेपालीपन सहितको नेपाली मिडिया र सोसाईटीलाई विश्लेषण गरेर विश्व दृष्टिकोणसहित पुस्तक तयार पारिएको उहाँले बताउनु भयो । नेपालको मिडियासम्बन्धि रिसर्च परम्परालाई पनि पुस्तकले  सहप्राध्यापक डा. अर्यालले भन्नु भयो,  ‘ खासगरी मिडिया रिसर्च परम्परालाई अगाडि बढाउने एउटा महत्वपूर्ण घटना पनि हो यो । यसले हामी सबैलाई उत्साहित पनि बनाएको छ । नेपाली मिडियाको रिसर्च विस्तारै अगाडि आउँदै थियो । नेपालीपनसहितको नेपाली मिडिया र सोसाईटीलाई एनालाईज गरेर अन्तराष्ट्रिय लेन्सबाट यो पुस्तकलाई हेरिएको छ ।’

नेपालको मिडिया इन्डष्ट्रिबारे जान्न चाहनेलाई पनि सो पुस्तक उपयोगी हुने आमसञ्चार अध्येता लक्ष्मण हुँमागाईले बताउनु भयो । नेपाल विज्ञापन बोर्डका अध्यक्ष समेत रहनु भएका उहाँले पुस्तकमा नेपाली मिडियालाई व्यवसायिक रुपमा अघि बढाउन र त्यसमा गरिएको लगानीलाई खेर जान नदिन एउटै छुट्टै स्वायत्त नियमनकारी निकायको जरुरी भएको कुरालाई पनि औंल्याइएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘एउटा इन्डिपेन्डेन्ट नियमक निकाय बनाउन र त्यसबाट मिडियोको रेगुलेट ग¥यौं भने अहिलेको समस्याको समाधान पनि गर्न सकिन्छ । र प्रोफेशनल स्ट्यान्डर्ड पनि बढाउन सकिन्छ । त्यदि त्यसो गरिएन भने मिडिया इन्डष्ट्रिमा गरिएको लगानी पनि खेर जाने र प्रोफेसनालिज्म पनि कायम राख्न नसक्ने भन्ने निष्कर्ष पुस्तकमा छ । समग्रमा यो किताव हेर्ने हो भने यसले नेपाल भित्र त निश्चित रुपमा चर्चा पाउला । तर त्यो भन्दा पनि बढि चर्चा नेपाली मिडियालाई हेर्ने अन्तराष्ट्रिय बारेमा अध्ययन गर्न जुन ग्याप थियो, त्यसलाई भने यसले फुलफिल गर्छ भन्ने मलाई लागेको छ ।’

पुस्तक भित्र चार खण्डमा १८ परिच्छेदहरु समेटिएका छन् । व्यवसायिक दृष्टिकोण शीर्षकको पहिलो खण्डमा एक्काईसौं शताब्दीमा नेपाली पत्रकारिता र दृष्टिकोण डा. भानुभक्त आचार्य र डा. श्याम शर्मा, मिडियाको जवाफदेही संयन्त्रका रुपमा प्रेस काउन्सिल नेपाल डा. भानुभक्त आचार्य, श्रीमन शर्मा र डा. समीक्षा कोइराला, प्रशारण माध्याममा नीतिगत सुधार लक्ष्मण हुँमागाई र डा. तुलसी आचार्य, विदेशबाट सञ्चालित नेपाली अनलाईन मिडियाको दीगोपना र व्यवसायिक विकास भगीरथ योगी र डा. जगन कार्की र नेपाली समाचार कक्षमा डिजिटल रुपान्तरण प्राध्यापक रामकृष्ण रेग्मी समावेश गरिएको छ । त्यसैगरी प्राज्ञिक दृष्टिकोण, सामाजिक–राजनीतिक दृष्टिकोण, प्राविधिक दृष्टिकोण पनि पुस्तकमा समावेश गरिएको छ ।

अढाई वर्ष लामो गहन र सामूहिक मेहनतपछि प्रकाशित सो पुस्तक मिडिया अध्येताद्धय डा. भानुभक्त आचार्य र डा. श्याम शर्माले सम्पादन गर्नु भएको हो । ३४२ पृष्ठ रहेको पुस्तक नेपालको पत्रकारिताको बस्तुस्थितिलाई विश्वमा परिचित गराउन महत्वपूर्ण सन्दर्भ सामग्री हुने विश्वास गरिएको छ ।