१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई प्रचण्डले कित्ता स्पष्ट पार्न भनेपछि…



अ+ अ-

काठमाडाैंः नेकपा उपाध्यक्ष वामदेवले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका छन् ।

शुक्रबार उनको निवासमा भेटन पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’भनी सोधेका जनाउँदै आफू  ठूलो–सानो कुनै पनि गुटमा नलाग्ने स्पष्ट  पारेको जानकारी गराएका छन् ।

साउन १३ गते नेता गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्ष समक्ष राखेका प्रस्ताव उपर सोही दिन पार्टीका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समर्थन रहेको स्पष्ट पारिसकेको जानकारी दिँदै गौतमले २० गते पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेको जनाएका छन् ।

पार्टी अध्यक्ष प्रचण्डसंगको भेटमा  पार्टीसँग सम्बन्धित केही समसामयिक विषयमा संक्षिप्त कुराकानी  भएको जनाइएको छ ।