१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल आजः आरसीबी र गुजरातबीच भिडन्त



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ अन्तर्गतको १४ औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच खेल्दैछ ।

खेल बैंगलोरको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् । गत सिजन दुवै टोली दुई पटक भिडेका थिए । दुबै खेलमा बैंगलोर विजयी भएको थियो ।

दुई खेलमा जित हात पारेको बैंगलोर ४ अंकसहित अंक तालिकाको पहिलो स्थानमा छ । अर्कोतर्फ गुजरात दुई खेलमा एक जितसहित २ अंक जोडेर चौथो स्थानमा छ ।

आईपीएलमा गुजरात र बैंगलोरबीच कुल ५ खेल भएका छन् । जसमा बैंगलोर ३ खेलमा विजयी भएको छ भने गुजरातले २ खेल जितेको छ । एम चिन्नास्वामी स्टेडियममा दुबै टोली तेस्रो पटक आमने सामने हुनेछन् । यसअघि खेलिएका दुई खेलमा दुवैले १–१ को जित निकालेका थिए ।

विराट कोहली आरसीबीका सर्वाधिक स्कोरर हुन् । आफ्नो अन्तिम खेलमा उनले चेन्नईविरुद्ध ३० बलमा ३१ रनको इनिङ खेलेका थिए । पहिलो खेलमा कोलकाताविरुद्ध अविजित ५९ रन बनाएको थियो । दोस्रो नम्बरमा कप्तान रजत पाटीदार छन् । पछिल्लो खेलमा उनले चेन्नईविरुद्ध ३२ बलमा ५१ रन बनाएका थिए । यो सिजन दुई खेलमा उनको नाममा ८५ रन छन् । बलिङमा जोस हेजलउड ५ विकेट लिएर शीर्ष स्थानमा छन् ।

अर्कोतर्फ गुजरातका सर्वाधिक स्कोरर साई सुदर्शनले यो सिजन खेलेका दुवै इनिङ्समा अर्धशतक बनाएका छन् । उनले पछिल्लो खेलमा मुम्बईविरुद्ध ६३ रन बनाएका थिए । उनले पहिलो खेलमा पञ्जाबविरुद्ध ७४ रनको इनिङ खेलेका थिए । आर साई किशोरले २ खेलमा ४ विकेट लिएका छन् । उनी टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

कस्तो छ पिच ?
बैंगलोरको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ ।

आईपीएलमा, यो मैदानमा सजिलैसँग २०० भन्दा बढी रन पछ्याउन सकिन्छ । आगामी खेलमा पनि ब्याटिङका ​​लागि पिच सहज बन्न सक्छ ।

टस जित्ने टोलीले पहिले बलिङ गर्ने निर्णय गर्न सक्छ । अहिलेसम्म यहाँ ९५ आईपीएल खेल खेलिएका छन् । ४१ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ५० वटामा पछ्याउने टोलीले जितेको छ ।

बैंगलोरमा अप्रिल आज हल्का घाम र बादल लाग्ने मौसम हुनेछ । वर्षाको सम्भावना छैन । यस दिन यहाँको तापक्रम २० देखि ३३ डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टोलिका सम्भावित सुरुवाती–१२
रोयल च्यालेन्जर्स बैंगलोरः रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पडिक्कल, लियाम लिभिङ्स्टन, जितेश शर्मा (विकेटकीपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोस हेजलवुड, यश दयाल, सुयश शर्मा ।

गुजरात टाइटन्सः शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), शाहरुख खान, शेरफान रदरफोर्ड, राहुल तेवाटिया, राशिद खान, कागिसो रबाडा, साई किशोर, मोहम्मद सिराज, प्रसिद कृष्ण, इशान्त शर्मा ।