६ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु



symbolic picture
अ+ अ-

सोलुखुम्बु । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ ।

शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । शव परीक्षणपश्चात चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझी लग्नुभएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।