२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday
Latest
पहिलोपटक एक्सन सिनेमामा देखिँदै विपीन कार्की आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने ट्रम्पको भन्सार दर लागु भएपछि भारतको केन्द्रीय बैंकद्वारा ब्याज दरमा कटौती व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता गरे देशमा आगो बल्छः अध्यक्ष थापा प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन उर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छः उर्जामन्त्री खड्का तीनकुने आन्दोलनमा लुटपाट र आगजनी गर्ने थप २ जना पक्राउ नेपालले अफगानिस्तानलाई दियो १ सय ९२ रनको लक्ष्य बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक सम्पन्न सभापति लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण



अ+ अ-

महेन्द्रनगर । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस गरिएका तीन महत्वपूर्ण विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

आज प्रदेश प्रमुख भण्डारीले मधेसमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालअधिकारसम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभयो ।

नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएका यी विधेयक प्रदेश विकासका लागि महत्वपूर्ण मानिएको छ । मधेसमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले मधेस प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक नीति तथा योजना तय गर्नेछ ।

त्यसैगरी, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशभर कृषि क्षेत्रमा नवप्रवर्तन, आधुनिकीकरण तथा कृषकको हित संरक्षण गर्ने कानुनी आधार तयार गर्नेछ । प्रदेश बालअधिकारसम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकमा बालअधिकार संरक्षणलाई अझ प्रभावकारी बनाउनका लागि यस ऐनमा संशोधन गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवका अनुसार यी विधेयकको कार्यान्वयनबाट मधेस प्रदेशको सामाजिक, आर्थिक र पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।