
आईपीएल आजः पञ्जाब र लखनउ भिड्दै
काठमाडौँ । आईपीएल २०२५ को १३ औं खेल लखनउ सुपर जायन्ट्स र पञ्जाब किंग्सबीच हुँदैछ ।
खेल लखनउको एकना (अटल बिहारी वाजपेयी) स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । दुवै टोली जारी सिजनमा पहिलो पटक आमनेसामने हुँदैछन् ।
पञ्जाबले आफ्नो पहिलो खेलमा गुजरात टाइटन्सलाई हराएको थियो भने लखनउले आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो । त्यसपछि लखनउले दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।
हेड टु हेड
आईपीएलमा हालसम्म पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्सबीच कुल ४ खेल खेलिएका छन् । लखनउले ३ खेल जितेको छ भने पञ्जाबले एक खेल जितेको छ ।
निकोलस पुरन लखनउका सर्वाधिक स्कोरर
निकोलस पूरन एलएसजीका सर्वाधिक स्कोरर हुन् । आफ्नो अन्तिम खेलमा उनले हैदरावादविरुद्ध २६ बलमा ७० रनको इनिङ खेलेका थिए ।
दिल्लीविरुद्धको पहिलो खेलमा उनले ३० बलमा ७५ रन बनाएका थिए । शार्दुल ठाकुर लखनउबाट सर्वाधिक विकेट लिने बलर बनेका छन् ।
उनले दिल्लीविरुद्ध २ विकेट र हैदरावादविरुद्ध ४ विकेट लिएका थिए ।
कप्तान श्रेयस अय्यर उत्कृष्ट फर्ममा
पञ्जाबका कप्तान श्रेयस अय्यरले गुजरातविरुद्धको खेलमा ४२ बलमा ९७ रनको इनिङ खेलेका थिए । उनी उत्कृष्ट लयमा छन् ।
कस्तो छ पिच ?
एकना रंगशालाको पिच बलिङमैत्री छ । स्पिनरले यहाँ थप मद्दत पाउँछन् । यस स्टेडियममा कुल १४ आईपीएल खेलहरू खेलिएका थिए ।
जसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ७ खेल जितेको थियो भने पछ्याउने टोलीले ६ खेल जितेको छ । यस्तै, १ खेल रद्द भयो । आईपीएल २०२४ मा यहाँ कुनै पनि टोलीले २०० रन बनाउन सकेनन्, तर यस पटक पिचमा परिवर्तन देख्न सकिन्छ ।
मंगलबार लखनउमा मौसम सफा रहनेछ । खेलमा वर्षाको सम्भावना छैन । तापमान लगभग २७ देखि ३१ डिग्री सेल्सियस हुनेछ ।
सम्भावित सुरुवाती–१२
पञ्जाब किंग्सः श्रेयस अय्यर (कप्तान), प्रियांश आर्य, प्रभसिमरन सिंहरजोश इङ्लिस (विकेटकिपर), मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, नेहल बढेरा/अजमातुल्लाह ओमरजाई, शशांक सिंह, सूर्यांश शेडगे, मार्को यान्सन, अर्शदीप सिंह, युजवकुमार, विजयकुमार ।
लखनऊ सुपरजायन्ट्सः ऋषभ पन्त (कप्तान / विकेटकीपर), एडेन मार्कराम, मिचेल मार्स, निकोलस पूरन, आयुष बडोनी, डेभिड मिलर, अब्दुल समद, रवि बिश्नोई, प्रिन्स यादव, शार्दुल ठाकुर, दिग्वेश सिंह, एम सिद्धार्थ ।