५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेको सीइओमा चुडामणि चापागाईं नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा चुडामणि चापागाई नियुक्त भएका छन् ।नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले नियुक्ति पत्र बुझ्नु भएको छ । राजस्व सचिव दिनेशकुमार घिमिरेले उहाँलाई नियुक्ति पत्र प्रदान गर्नु भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईलाई नेप्सेको सीइओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेको थियो । तर, उनको विरुद्ध उजुरी र विरोध भएपछि सरकारले चापागाई नियुक्त गरेको हो ।

कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।