१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेको सीइओमा चुडामणि चापागाईं नियुक्त



अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा चुडामणि चापागाई नियुक्त भएका छन् ।नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले नियुक्ति पत्र बुझ्नु भएको छ । राजस्व सचिव दिनेशकुमार घिमिरेले उहाँलाई नियुक्ति पत्र प्रदान गर्नु भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईलाई नेप्सेको सीइओमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेको थियो । तर, उनको विरुद्ध उजुरी र विरोध भएपछि सरकारले चापागाई नियुक्त गरेको हो ।

कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।