४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी कर प्रभावित व्यवसायहरूलाई सहयोग गर्ने जापानी प्रधानमन्त्रीको प्रतिबद्धता



अ+ अ-

एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मङ्गलबार अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

टोकियो वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । यहाँका कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र करिब दश प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् ।

ट्रम्पले बुधबार कुन देशमा कुन–कुन कर लगाइने घोषणा गर्ने बताउनुभएको छ र सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेको चेतावनी दिनुभएको छ ।

उहाँले अप्रिल ३ मा संयुक्त राज्य अमेरिकामा निर्माण नभएका सबै अटोमा २५ प्रतिशत कर लगाउने पनि बताउनुभएको छ ।

इसिबाले मङ्गलबार अमेरिकी आयातमा प्रतिशोधात्मक भन्सार शुल्क लगाउने बारेमा बोल्नुभएन तर उहाँले आफ्नो सत्तारूढ गठबन्धनसँग ‘प्रतिक्रियात्मक उपायहरूको विवरण’ मा छलफल गर्ने बताउनुभयो ।

अहिलेका लागि एक हजार परामर्श डेस्क खोल्नुका अतिरिक्त उहाँले अमेरिकी भन्सार शुल्कहरू सक्रिय भएपछि साना र मध्यम आकारका व्यवसायहरूलाई कोष प्राप्त गर्न मद्दत गर्न ‘हामी सक्दो प्रयास गर्नेछौँ’ भन्नुभयो ।

“जापान अमेरिकाका लागि सबैभन्दा ठूलो लगानीकर्ता हो । यसलाई ध्यानमा राख्दै हामी जापानको छुटका लागि कडा आह्वान गर्न जारी राख्नेछौँ”, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “यदि मैले आफैँ ९संयुक्त राज्य अमेरिका० भ्रमण गर्नु आवश्यक ठानिएको छ भने, म त्यसो गर्न हिचकिचाउँदिनँ ।”

शुक्रबार प्रधानमन्त्री इसिबाले कार र पार्ट्समा २५ प्रतिशत कर घोषणा गरिएपछि ट्रम्पको करसम्बन्धी विचारहरू ‘बुझ्न कठिन’ भएको बताउनुभएको थियो ।

“राष्ट्रपति ट्रम्पले त्यहाँ साथी र शत्रु दुवै छन् र साथीहरू अझ कठिन हुन सक्छन् भनिरहनुभएको छ । यो बुझ्न धेरै कठिन छ”, इसिबाले एक संसदीय यी समिति बैठकमा भन्नुभयो ।