२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ ।

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सोमबार भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । जारी आइपिएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो । यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको छ ।

कोलकाताले जितका लागि दिएको एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । मुम्बईको लागि रायन रिकेलटनले अविजित रहदैँ सर्वाधिक ६२ रन बनाए । उनले सो क्रममा ४१ बलमा पाँच छक्का र चार चौका हिर्काए । यस्तै, सूर्यकुमार यादवले अविजित २७ रन बनाए भने विल ज्याक्सले १६ र रोहित शर्माले १३ रनको योगदान दिए । मुम्बईले अतिरिक्त तीन रन प्राप्त गर्‍यो । कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट हात पारे ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले १६ दशमलव दुई ओभरमा १० विकेट गुमाउँदै एक सय १६ रन बनाएकोे थियो । कोलकाताका लागि अंगकृष रघुवंशीले सर्वाधिक २६ रन बनाए । उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाएका हुुन् ।

कोलकाताका लागि रमनदीप सिंहले २२, मनिष पाण्डेले १९, रिङ्कु सिंहले १७, कप्तान अजिक्य रहाणले ११ र आन्द्रे रसेलले पाँच रन बनाए । त्यस्तै, हर्षित राणाले चा, वेंकटेश अय्यरले तीन, क्विन्टन डे कक र स्पेन्सर जाँनसन समान एकरएक बनाउँदा सुनील नारिनले एक रन पनि जोड्न सकेनन् । कोलकाताले अतिरिक्त सात रन प्राप्त गरेको थियो । मुम्बईका लागि अश्विनी कुमारले सर्वाधिक चार विकेट लिएका छन् ।

दीपक चाहरले दुई विकेट हात पार्दा कप्तान हार्दिक पाण्डेय, ट्रेन्ट बोल्ट, विग्नेश पुथुर र मिचेल सेन्टनरले समान एकरएक विकेट लिए ।