३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो



अ+ अ-

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको निगमले जनाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँले घटेको निगमले जनाएको छ।

नयाँ मूल्य सूची अनुसार तेस्रो वर्ग अन्तर्गत काठमाडौंमा डिजेल र मट्टितेल प्रतिलिटर १४९ र हवाइ इन्धन आन्तरिकतर्फ १२५ रुपैयाँ रहेको छ।हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ।