३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकभर ईद उल फित्र मनाइयो



अ+ अ-

काठमाडौँ। ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । मुस्लिम समुदायले एक महिनाको ब्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन सफल भएको खुसियालीमा यो पर्व मनाउने गर्छन् ।

आजको दिनलाई ‘ईद उल फित्र’ भनिन्छ । ‘ईद’ को अर्थ खुसी साटासाट गर्नु हो । मुस्लिम समुदायले आज बिहानै उठेर नुहाइधुवाइ गरेर खुला स्थान वा  नजिकको मस्जितमा गएर नमाज पढ्ने गर्छन् । नमाज पढेपछि परिवारजन तथा साथीभाईसँग भेटघाट गरेर खुसी सटासाट गर्ने प्रचलन रहेको मुस्लिम अगुवाको भनाइ छ ।

ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । यस अवसरमा विभिन्न मिष्टान्न, परिकार खाने र खुवाउने परम्परा रहिआएको छ । मुस्लिम आयोगको अगुवाइ र धार्मिक संस्थासँगको सहकार्यमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आइतबार साँझ चन्द्रमा देखिएको एकीन गरिएको र आज सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरिएअनुसार भएको आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राससलाई जानकारी दिनुभयो ।

गणतन्त्रको घोषणा भएपछि सरकारले ईदका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । सरकारी तथ्याङ्कअनुसार मुलुकमा कुल जनसङ्ख्याको पाँच दशमलव नौ प्रतिशत मुस्लिम समुदायको जनसङ्ख्या छ । तराई÷मधेसका रौतहट, कपिलवस्तु, बारा र बाँके तथा पहाडका गोरखा, अर्घाखाँची र कास्कीलगायत जिल्लामा मुस्लिम समुदायको बाहुल्यता छ ।

कावा अध्यक्ष अलीले मुस्लिम समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन आयोगले विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । उहाँले ईदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाई, दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभयो । ईदले धार्मिक सहिष्णुतासहित एकता, सद्भाव र मित्रता कायम गर्न प्रेरणा प्रदान गर्ने अलीको विश्वास छ । रासस