२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकभर ईद उल फित्र मनाइयो



अ+ अ-

काठमाडौँ। ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । मुस्लिम समुदायले एक महिनाको ब्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन सफल भएको खुसियालीमा यो पर्व मनाउने गर्छन् ।

आजको दिनलाई ‘ईद उल फित्र’ भनिन्छ । ‘ईद’ को अर्थ खुसी साटासाट गर्नु हो । मुस्लिम समुदायले आज बिहानै उठेर नुहाइधुवाइ गरेर खुला स्थान वा  नजिकको मस्जितमा गएर नमाज पढ्ने गर्छन् । नमाज पढेपछि परिवारजन तथा साथीभाईसँग भेटघाट गरेर खुसी सटासाट गर्ने प्रचलन रहेको मुस्लिम अगुवाको भनाइ छ ।

ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । यस अवसरमा विभिन्न मिष्टान्न, परिकार खाने र खुवाउने परम्परा रहिआएको छ । मुस्लिम आयोगको अगुवाइ र धार्मिक संस्थासँगको सहकार्यमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आइतबार साँझ चन्द्रमा देखिएको एकीन गरिएको र आज सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरिएअनुसार भएको आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राससलाई जानकारी दिनुभयो ।

गणतन्त्रको घोषणा भएपछि सरकारले ईदका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । सरकारी तथ्याङ्कअनुसार मुलुकमा कुल जनसङ्ख्याको पाँच दशमलव नौ प्रतिशत मुस्लिम समुदायको जनसङ्ख्या छ । तराई÷मधेसका रौतहट, कपिलवस्तु, बारा र बाँके तथा पहाडका गोरखा, अर्घाखाँची र कास्कीलगायत जिल्लामा मुस्लिम समुदायको बाहुल्यता छ ।

कावा अध्यक्ष अलीले मुस्लिम समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन आयोगले विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । उहाँले ईदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाई, दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभयो । ईदले धार्मिक सहिष्णुतासहित एकता, सद्भाव र मित्रता कायम गर्न प्रेरणा प्रदान गर्ने अलीको विश्वास छ । रासस




भर्खरै