२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.41

Wind: 2.06

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा एक घर र तीन गोठ जलेर नष्ट



अ+ अ-

अर्घाखाँची। यहाँको भूमिकास्थान नगरपालिका–७ पानडाँडामा भएको आगलागीमा परी आज एक घर र तीन गोठ जलेर नष्ट भएका छन् ।

आगलागीमा एक भैँसी, एक पाडो, नौ बाख्रा र ५९ कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

स्थानीय लोकबहादुर थापाको तीन तले टिनले छाएको घर र गोठ,  रेलबहादुर थापा मगरको टिनले छाएको कच्ची गोठ र तिलकबहादुर  रायमाझीको टिनले छाएको कच्ची गोठ र शौचालय पूर्णरुपमा जलेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, वन कार्यालयका कर्मचारी, स्थानीय र सन्धिखर्कको दमकलद्वारा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।