१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले देशभर तत्काल लकडाउन नगर्ने



अ+ अ-

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मत्री डा. युवराज खतिवडाले तत्काल देशभर लकडाउन नहुने स्पस्ट पार्नुभएको छ ।  

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको हो । उहाँले जोखिम भएका स्थानमा स्थानीय सरकार तथा जिल्ला स्तरबाट सेवाहरु रोकिने अथवा लकडाउन हुन सक्ने तर देशभर एकैसाथ लकडाउन हुने स्थिति नरहेको स्पस्ट पार्नुभयो । उहाँले त्रसित भएर पूर्ण रुपमा यसअघि जस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैलेपनि नबनाउन आग्रह गर्नुभयो । उहाँले अहिले पनि दुई दर्जन भन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताउनुभयो ।

काठमाडौं उपत्यका भित्रको बढ्दो संक्रमण जोखिम र त्यो पनि सरकारको मुख्य कार्यालयकै ठाउँमा संक्रमणको जोखम भएको हुनाले केही कदमहरु चाल्न सुरु गरिएको उहाँले बताउनुभयो । जनजीवनमा अप्ठेरो परेपनि केही दिनका लागि सार्वजनिक सेवा लिने कुरामा हतार नगर्न पनि मन्त्री खतिवडाले आग्रह गर्नुभयो ।

सरकारले कोरोना नियन्त्रणका लागि प्रतिकारात्मक र उपचारात्मक विधि अपनाएर काम गरिरहेको र संक्रमितलाई भेन्टिलेटर सम्म पुग्नुपर्ने अवस्था आउन नदिने बताउनुभयो । त्यसका लागि सरकारले उपचारका संयन्त्र, यन्त्र उपकरण लगायतको व्यवस्था गरिरहेको बताउनुभयो ।

क्वारेन्टाइन्हरु खालि हुँदै जाने र आइसोलेसनका बेडहरु बढ्दै जाने स्थिति भएकाले सोही अनुसारको व्यवस्था गर्नुपर्ने आवस्यकता अनुसार काम भइरहेको स्पस्ट पार्नुभयो । आवस्यकता अनुसार कतिपय ठाउँमा आइसियु कक्षको थप विस्तार गर्दै जाने रणनीतिमा सरकार रहेको बताउनुभयो । यस्तै कोभिडको रोकथाम तथा नियनत्रणका लागि लकडाउन गरिरहदा स्वास्थ्य सम्बन्धी अरु कारणले मृत्यु नहोस र अन्य आर्थिक समस्या समेत नआओस भन्ने विषयमा सरकार सजग रहेको बताउनुभयो ।

प्रधनमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने भन्ने सम्बन्धमा स्वास्थ्य क्षेत्रका विज्ञहरु र आर्थिक क्षेत्रका विज्ञहरुसँग छलफल गरिसक्नु भएको उहाँले बताउनुभयो । विज्ञहरुले लकडाउन मात्रै समस्याको समाधान नभएको सुझाव दिएकाले सोही अनुसार नै व्यवस्थापन गरिने बताउनुभयो । विज्ञहरुले मानिसको मृत्यु सम्मको अवस्थामा पु¥याउने विभिन्न रोगको विवरण उपलब्ध गराएको र त्यसमा कोरोना ५० औं नम्बरमा रहेको बताउनुभयो ।

समस्या बढ्दै जाँदा कतिपय अवस्थामा अलि कठोर हुनुपर्ने र कतिपय अवस्थामा खुकुलो हुनुपर्ने गरी व्यवस्थापन गरिने स्पस्ट पार्नुभयो । उहाँले जुन जिल्लाहरुमा कोरोना संक्रमणको अवस्था शुन्य भइसक्यो त्यहाँ खुकुलो गर्ने र जुन जिल्लामा बढेको छ त्यहाँ स्थानीय तह मार्फत अथथा जिल्ला मार्फत कडाइका साथ जाने बताउनुभयो ।

सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने नगर्ने विषयमा उदार भएर निर्णय गर्ने स्थिति नरहेको समेत उहाँले बताउनुभयो । यसमा पनि विज्ञहरुको सुझाव लिएर निर्णय गरिने उहाँले स्पस्ट पार्नुभयो । अहिलेको स्थिति रहिरहेमा उदार बनेर सार्वजनिक यातायात खोल्ने, विद्यालय सञ्चालन गर्ने र उडान गरिहाल्ने अवस्था नरहेको उहाँको भनाई थियो । यस्तै विदेशमा अलपत्र परेका व्यक्तिलाई मात्रै उद्धार गर्ने गरी हवाई उडानको व्यवस्था गरिने पनि उहाँले बताउनुभयो ।