काठमाडौँ । चिनियाँ दूतावासले आफ्ना नागरिकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएर पेस गरेको पीसीआर रिपोर्ट अस्वीकार गरेको छ । चीनबाट नै ओम्नी समुहले ल्याएको किटको नतिजालाई दुताबासले अस्वीस्कार गर्नुले गम्भीर प्रश्न उठाएको छ । गएको शुक्रबार ठमेलको एक होटलबाट ५९ चिनियाँ नागरिकको स्वाब संकलन गरी ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु लगिएको थियो । बुधबार आएको रिपोर्ट दूतावासमा पेस गर्दा दुतावासले अस्वीकार गरेको हो ।
नेपाली सेनाले चीनबाट खरिद गरेको बायो टेक सन सियोर कम्पनीको १ एमएलको भीटीएममा चिनियाँको स्वाब संकलन गरिएको थियो । उनीहरुको पुनः सानेपामा रहेको स्टार अस्पतालमास्वाब संकलन गरिएको छ । स्टार अस्पतालले ३ एमएलको भीटीएममा उनीहरूको स्वाब लिई परिक्षण गरिहरहेको छ ।
यद्यपी चिनियाँ दूतावासले राष्ट्रिय प्रयोगशाला बाहेक वीर, टिचिङ, पाटन, केएमसी र स्टार अस्पताल जहाँ पीसीआर गराएर रिपोर्ट ल्याए त्यसलाई स्वीकार गर्ने बताएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रयोग गरिरहेको किटमा प्रश्न उठेको हो ।
महाशाखा श्रोतका अनुसार ओम्नि समुहले चीनबाट खरिद गरेके परिक्षण सामग्री गुणस्तरहीन भएको र मापदण्ड नपुगेको भन्दै दुृताबासले अस्वीकार गरेको हो । त्यस बाहेक चीन सरकारले अनुदानमा दिएको र पछि मापदण्ड अनुसारको खरिद गरेर प्रयोग गरिएका परिक्षण सामग्रीबाट आएका रिपोर्टलाई मान्यता दिने जनाउले ओम्नि समुहले खरिद गरेको सामग्रीमा चीन सरकारले नै प्रश्न उठाउको बुझन सकिन्छ ।
हतारको नाममा मापदण्ड बिपरीत सामग्री चर्को मुल्यमा खरिद गरेको भन्दै सुरुदेख आलोचना भैरहेको छ भने यो बिषयमा संसदको लेखा समितिले पनि छानबिन गरिरहेको छ । खरिद प्रक्रियाका बारेमा समितिमा जानकारी गराउन गएका तत्कालीन स्वास्थ्य सचिव यादब कोईराला, बर्तमान सचिब लक्ष्मण अर्याल, स्बास्थ्थ सेवा बिभागमा महानिर्देशक डा महेन्द्र श्रेष्ठ, मन्त्रालयका सल्लाहकार डा.खेम कार्की कसैले पनि चित्त बुझदो जबाफ दिन सकेका छैनन् ।
रक्षामन्त्री ईश्वर पोखरेलको दवाबमा मापदण्ड बिपरीत सामग्री खरिद गरिएको भन्दै आलोचना भएपछि लेखा समितिले मन्त्री पोखरेलाई यस बारेमा जानकारी गराउन समितिमा बोलाउने भएको छ । देशभित्र पनि गुणस्तरको बारेमा गम्भीर प्रश्न उठिरहेको बेला चिनियाँ दूतावासले पनि गुणस्तरमा प्रश्न उठाउनुले अनियमिताको आशंकालाई थप बल पु¥याएको कुरा स्पष्ट रुपमा भन्न सकिन्छ।











