२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमान खानको फिल्म ‘सिकन्दर’ अनलाइनमा लिक



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानको फिल्म ‘सिकन्दर’ हलमा रिलिज भएको छ ।

तर यो फिल्म रिलिज हुनु केही घण्टा अघि नै अनलाइन लिक भएको थियो । फिल्मको एचडी भर्सन इन्टरनेटमा आइसकेको रिपोर्टमा भनिएको छ ।

व्यापार विश्लेषक कोमल नाहटाले आइतबार बिहान सोशल मिडिया प्लेटफर्ममा एक पोस्ट लेखे, ‘यो कुनै पनि निर्माताको लागि सबैभन्दा खराब सपना हो । हलमा रिलिज हुनुअघि नै चलचित्र लिक भएको छ । आज साँझ हलमा रिलिज हुन लागेको साजिद नाडियाडवालाको फिल्म ‘सिकन्दर’ सँग यस्तै भएको छ ।’

तर, यो फिल्म कसरी लीक भयो र कहाँबाट लीक भयो भन्ने कुरा भने खुल्न सकेको छैन । निर्माण पक्षले प्रहरीलाई सम्पर्क गरेको र यस विषयमा अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

फिल्म सिकन्दरको कुरा गर्दा यसमा सलमानसँगै रश्मिका मन्दाना मुख्य भूमिकामा छिन् । फिल्मलाई एआर मुरुगादासले निर्देशन गरेका हुन् । जसले आमिरको २००८ को ब्लकबस्टर ‘गजनी’लाई पनि निर्देशन गरेका थिए ।