१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन

सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
अ अ+ अ-

धरान । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्व दिएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराहवाहिनी मुख्यालय सुनसरीको २४औँ स्थापना दिवसका अवसरमा उहाँले लागुऔषधको प्रमुख समस्या रहेको कोशी प्रदेशमा विशेष योजना बनाएर काम गर्न बराहवाहिनी मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो ।

अर्यालले वाहिनी र मातहतका युनिटले सीमित बन्दोबस्ती तथा संरचनाका बाबजुत बेसको सीमा सुरक्षा, लागुऔषध विपद् व्यवस्थापनलगायत विविध क्षेत्रमा देखाएको प्रभावकारी कार्य सम्पादन प्रशंसनीय रहेको बताउनुभयो ।

वाहिनीको स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अवार्ड, विपद् उद्धार, आन्तरिक व्यवस्थापन, अपरेसन कार्यलगायतका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारी वीरगति प्राप्त राष्ट्रसेवकका परिवारसहित सशस्त्र प्रहरी बललाई सहयोग गर्ने सङ्घसंस्थालाई महानिरीक्षक अर्यालले सम्मान गर्नुभएको थियो ।