२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिकको कप्तानीमा पहिलो जितको खोजीमा मुम्बई



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को १२ औं खेलमा आज मुम्बई इन्डियन्सले साविक विजेता कोलकाता नाइट राइडर्सको सामना गर्दैछ ।

खेल मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

जारी सिजनमा दुबै टिमको यो तेस्रो खेल हुनेछ । मुम्बईले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । टोलीले पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग र दोस्रो खेलमा गुजरात टाइटन्ससँग हार बेहोरेको थियो ।

अर्कोतर्फ सिजनको पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित भएको थियो । तर, राजस्थान रोयल्सविरुद्धको दोस्रो खेलमा टोली विजयी बाटोमा फर्किएको थियो ।

हेड टु हेड
आईपीएलमा दुई टोलीबीच कुल ३४ खेल भएका छन् । जसमध्ये मुम्बईले २३ खेल जितेको छ भने कोलकाताले ११ खेल जितेको छ ।

यससँगै वानखेडे स्टेडियममा मुम्बई र कोलकाताबीच ११ खेल खेलिएका छन्, जसमध्ये मुम्बईले ९ पटक जितेको छ भने कोलकाताले मात्र २ खेल जितेको छ । यस्तो अवस्थामा घरेलु मैदानमा केकेआरमाथि एमआई टोली हाबी छ ।

मुम्बईका लागि सूर्यकुमार यादव उत्कृष्ट फर्ममा छन् । उनले गुजरात टाइटन्सविरुद्ध ४८ रनको इनिङ खेलेका थिए । तर, एमआई ३६ रनले पराजित भयो । बलरमा २४ वर्षीय विग्नेश पुथुरले चेन्नईविरुद्धको पहिलो खेलमा ३ विकेट लिएका थिए ।

क्विन्टन डी कक सिजनमा हालसम्म कोलकाताका शीर्ष ब्याट्सम्यान हुन् । उनले पछिल्लो खेलमा राजस्थानविरुद्ध ९७ रनको जितको इनिङ्स खेलेका थिए । मिस्ट्री स्पिनर वरुण चक्रवर्तीले टोलीका लागि २ खेलमा ३ विकेट लिएका छन् ।

कस्तो छ पिच ?
वानखेडे पिच ब्याटिङमैत्री छ । यहाँ फास्ट बलरहरूलाई केही मद्दत मिल्छ । हालसम्म यहाँ ११६ आईपीएल खेल खेलिएको छ । ५४ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले र ६२ खेलमा पछ्याउने टोलि विजयी भएको छ ।

आज मुम्बईको मौसम धेरै तातो छ । आज यहाँ धेरै घाम लाग्नेछ । पानी पर्ने कुनै आशा छैन । तापमान २६ देखि ३७ डिग्री सेल्सियससम्म हुन सक्छ । हावाको गति १५ किलोमिटर प्रतिघण्टा रहनेछ ।

दुबै टोलिका सम्भावित सुरुवाती–११
मुम्बई इन्डियन्सः हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, रायन रिकेल्टन (विकेटकीपर), सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, मुजीब उर रहमान, सत्यनारायण राजु, रोबिन मिन्ज ।

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), सुनील नारायण, भेंकटेश अय्यर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, स्पेन्सर जोन्सन, वैभव अरोरा, हर्षित राणा, वरुण चक्रवर्ती, अङ्क्रिश रघुवंशी ।