५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत वारिपारि गर्नेबाट उच्च जोखिम



अ+ अ-

विराटनगर । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ ।

साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ ।
विशेष गरेर महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र सीमा क्षेत्रमा कडाइ गरिएका बेलामा पनि लुकिछिपी तस्करी गर्नेबाट नेपालतर्फका सीमावर्ती बस्तीहरुमा कोरोनाको सङ्क्रमण फैलिन सुरु भएको सुनसरीको हरिनगर गाउँपालिकाका लुकमान अन्सारीले बताउनुभयो ।
अझै पनि सीमा क्षेत्रबाट ओहोरदोहोर रोकिएको छैन, सहज रुपमै आउने जाने क्रम चलिरहेका स्थानीयहरु बताउँछन् ।

सुनसरीको बर्जु गाउँपालिकाको रामगञ्ज बेलगछिया, अमडुवा, अमाहिबेलाहा, देवानगञ्ज गाउँपालिकाको साहेवगञ्ज, कप्तानगञ्ज, देवानगञ्ज, हरिनगर गाउँपालिकाको घुस्की, बसन्तपुर, भोक्राहा नरसिंह गाउँपालिकाको नरसिंह टप्पु , कोसी गाउँपालिकाको लौकही, पश्चिम कुशाहा, लाही, श्रीपुर, हरिपुर र भण्टाबारी सम्मका एक दर्जनभन्दा बढी नाकाबाट दैनिक सयौंको सङ्ख्यामा सर्वसाधारणहरु नेपाल भारत ओहोरदोहोर गरिरहेका छन् ।
त्यस्तै मोरङको विराटनगर महानगरपालिकाको रानी नाका, जहदा, धनपालथान गाउँपालिका तथा रङ्गेली, सुनवर्षी र रतुवामाई नगरपालिका विभिन्न स्थानबाट अहिले पनि नेपाल भारतको आवतजावत रोकिएको छैन ।

नेपाल भारत बीचको खुल्ला सीमाना र बस्ती जोडिएको कारण सर्वसाधारणलगायत तस्करी गर्नेहरुको पनि सहजै आउजाउ हुने गरेको सुनसरीको देवानगञ्जका स्थानीय सज्जाद मियाँले बताउनुभयो । यसरी सीमा क्षेत्रबाट आफन्त भेटघाट गर्न आउजाउ गर्ने र चोरीपैठारी गर्नेहरुबाट समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने कुराबाट स्थानीयहरु त्रसित छन् ।

भारतमा आफन्त रहेका नेपाली तथा नेपालमा आफन्त रहेका भारतीय नागरिकहरु स्थानीय र सुरक्षाकर्मीहरुको आँखा छलेर वारिपारि गरिरहेका छन्, यसले स्थानीय क्षेत्रमा जोखिम बढाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं ८ का मो. यासिनले बताउनुभयो ।

‘केही दिनअघि मात्र लुकिछिपी वारिपारि गर्ने हाम्रै गाउँका एक जनाको कोरोनाकै कारण मृत्यु भयो । त्यसरी आउनेबाट समुदायमा कोरोना सर्ने हामीलाई एकदमै डर छ ’– मो यासिनले भन्नुभयो ।

त्यसो त कतिपय स्थानमा सुरक्षाकर्मीकै मिलेमतोमा पनि तस्करी हुने गरेको स्थानीयको आरोप छ । सीमामा जतिसुकै सिल गरे पनि तस्करले सामान वारिपारि गर्दै आएको स्थानीय ब्रम्हदेव साह बताउनुभयो ।

‘सुरक्षाकर्मीको मिलेमतो नभई अहिले सामान वारिपारि गर्न सम्भव छैन । कोरोनाकै मौका छोपेर पैसा कमाउन तस्करहरुले बिहान सबेरै र रातको समयमा सामान ओसारपसार गरिरहेका छन् ’– उहाँले भन्नुभयो ।

त्यस्तै, नेपालमा धानबालीका लागि आवश्यक मलखादको व्यवस्था नहुँदा पनि किसानहरु सीमापारि भारतीय बजारबाटै रासायनिक मल ल्याउन बाध्य भएको सुनवर्षी–८, सिक्टीका वडाध्यक्ष नुरुल मियाँले बताउनुभयो । ‘जसले तस्करी र गलत गतिविधि गर्छन् उनीहरुलाई कोरोनाले छाड्दैन । एक दिन आफै फेला पर्छन्’– उहाँले भन्नुभयो ।

सशस्त्र प्रहरी बल नेपाल ९बिओपी० चुनीमारीका इन्चार्ज झपिन्द्र बानियाँले बन्दाबन्दी खोलिएको केही दिन आउजाउ र मलखाद लगायतका सामान ओसारपसार भए पनि अहिले सबै क्षेत्रमा कडाइका साथ बन्द गरिएको दाबी गर्नुभयो । , समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।