५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटका पहिरो पीडितलाई महिना दिनमा राहतमा दुई किलो चामल



अ+ अ-

काठमाडौं । १२ जनाको ज्यान जाने गरी गत २५ असारमा आएको पहिरोले विस्थापित भएका बारेकोट गाउँपालिका ४, ५ र ६ का एक हजारभन्दा बढी सर्वसाधारणले ओत पाउन सकेका छैनन् । दिनभर खुला आकाशको भर पर्नुपर्ने उनीहरूसँग बर्खाबाट जोगिन केही थान त्रिपाल मात्र छ । 

झन्डै महिना दिनदेखि जंगलभित्र त्रिपाल टाँगेर बसेका उनीहरूसँग न गतिलो वास छ, न त खाने अन्न नै । विपत्मा परेर विस्थापित भएको महिना दिन पुगिसक्दा पनि राज्यबाट सहायता नपाएको पीडित बिर्जित सार्कीले बताए । एउटा त्रिपालभित्र १२ जनाको परिवार बस्ने परेको छ, अर्का विस्थापित ७४ वर्षीय दुर्गा सार्कीले भने– वासको समस्या मात्र होइन, भोको पेटको समस्या पनि उस्तै छ ।

पहिरोका कारण सार्कीटोलका मात्र ३२ जनाको परिवार विस्थापित भएको छ । ‘खानेपानीका पाइपहरू पहिरोले बगाएका कारण पिउने पानीको समस्या पनि खेप्नुपरेको छ । खोलामा भल बनेर बगेको पानी पिउन बाध्य भएका छौँ,’ बिर्जित सार्कीले नयाँ पत्रिकासँग भने, जंगलको वास भएको छ, सर्प, बिच्छीको डर पनि उस्तै छ ।’

पहिरोपीडितका लागि तत्काल राहतस्वरूप प्रतिव्यक्ति दुई किलो चामल वितरण गरिएको थियो । त्यसयता उनीहरूले अन्य राहत पाएका छैनन् । स्थानीय शिक्षक तीर्थराज बोहराले राहतस्वरूप दिइएको दुई किलो चामल उहिल्यै सकिएकाले बनिबुतो गरेर पीडितहरूले भोक टार्ने गरेको बताए । संघीय सरकारका मन्त्री शक्तिबहादुर बस्नेतले पठाएका आठ सय त्रिपालमा यहाँका सर्वसाधारण ओत लागेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।