११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाका पहिरो विस्थापितलाई सांसद आचार्यको सहयोग



अ+ अ-

काठमाडौं । पहिरोबाट बिस्थापित रसुवाको आमाछोदिङ्मो गाउँपालिका १ हाकुस्थित फुलबारीका ८ परिवारलाई सांसद मोहन आचार्यले व्यक्तिगत रुपमा अस्थायी आवास निर्माणका लागि सहयोग गरेका छन् । आवास निर्माणका लागि आवश्यक सामाग्री सहित राहत स्वरुप खाद्यान्न सहयोग गरेका हुन् ।

आठ परिवारलाई सदरमुकाम धुन्चे स्थित केबुमा ३ रोपनी जग्गा भाडामा लिई अस्थायी आवास निर्माणका लागि प्रति परिवार ४० पिस जस्ता, २५ पिस बास र आवश्यक तार उपलब्ध गराएको सांसद आचार्यका स्वकिय सचिब सुनिल पौडेलले बताए । जग्गाको भाडा सांसद आचार्यले नै व्यहोर्ने समेत पौडेलको भनाई रहेको छ ।

आइतबार राती अबिरल बर्षासँगै आएको पहिरोबाट हाकुस्थित फुलबारी गाउँ उच्च जोखिममा परेको छ भने पहिरोले तिन घर पूर्ण रुपमा क्षति भएको छ । सुरक्षित बसोबासका लागि भौतारिरहेका ८ परिवारलाई सांसद आचार्यले सहयोग गरेका हुन् । 

त्यसैगरी बिनासकारी भुकम्पमा आमाछोदिङ्मो गाउँपालिका १ र २ बाट बिस्थापित भई सदरमुकाम धुन्चेमा रहेका १ सय ५ घर परिवारलाई सांसद आचार्यले प्रति परिवार २५ केजी जिरा मसिनो चामल, तेल १ लिटर, २ पा। नुन र दाल २ केजी प्रदान गरेका छन् । 

उक्त सामाग्री प्रदेश सांसद प्रेम तामाङ, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ,नेपाली कांग्रेसका पार्टी सभापती पेम्बा छिरिङ तामाङले बिहिबार सदरमुकाम धुन्चेमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।