काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानमा मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवका अनुसार गत तीन वर्ष देखि किड्नीको समस्या रहेका युवकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको र ती युवकको शव सिरहा ल्याउन तयारी भइरहेको छ ।
उनको दाह संस्कार नेपाली सेनाले गर्ने यादवले जानकारी दिए ।











